NEWS HEADLINES 28.05.2020, कोरोनाकै कारण सरकारले आगामी वर्षको बजेटको प्राथमिकता र लक्ष्यसमेत परिवर्तन गरेको छ । - newsallabc.com

Breaking

Thursday, May 28, 2020

NEWS HEADLINES 28.05.2020, कोरोनाकै कारण सरकारले आगामी वर्षको बजेटको प्राथमिकता र लक्ष्यसमेत परिवर्तन गरेको छ ।

NEWS HEADLINES 28.05.2020

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जारी ‘लकडाउन’ले अर्थतन्त्र धरासायी बनिरहेको बेला सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि आज बजेट प्रस्तुत गर्दैछ । लकडाउनको अवधिमा दैनिक तीन अर्ब रुपैयाँ घाटा भएको केन्द्रीय तथ्यांक विभागको तथ्यांक र आर्थिक सूचकहरु ओरालो लागेको बेला सरकारले ल्याउने बजेटप्रति सर्वत्र चासो बढेको छ ।

कोरोनाकै कारण सरकारले आगामी वर्षको बजेटको प्राथमिकता र लक्ष्यसमेत परिवर्तन गरेको छ । यसै वर्ष पूरा हुन सक्ने र आर्थिक परिचालनमा सघाउ पु¥याउने केही ठूला आयोजनाहरू बजेटमा समेटिएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई केही परिमार्जनसहित निरन्तरता दिइएको छ । भूमि बैंक र रोजगार बैंकका कार्यक्रम बजेटमा समेटिएका छन् ।


१. १६ खर्ब हाराहारीको बजेट आज संसदमा प्रस्तुत हुँदै, स्वास्थ्य पूर्वाधारको विकास प्राथमिकतामा ।
२. आज गणतन्त्र दिवस मनाईंदै, १२ बर्षसम्म पनि सोचे अनुसारको प्रगति भएन, प्रधानमन्त्री भन्छन्– अब कोही पछाडि फर्कन सक्दैन ।
३. एकैदिन ७७ कोरोना भाइरसका संक्रमित थपिएसँगै संख्या ९८२ पुग्यो, ललितपुरको बुंगमतीमा एक जनाको कोरोनाबाट मृत्यु ।

४. कांग्रेसले शनिवारका लागि बोलायो केन्द्रीय कार्यसमिति बैठक, संविधान संशोधन मुख्य एजेण्डा ।
५.र, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिए सामाजिक सञ्जाल नै बन्द गर्ने धम्की, ‘ट्वीटरले वाक स्वतन्त्रता हनन गरेको आरोप ।


No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167