(जरुरी सार्वजनिक सूचना) नेपाली राजदूतावास जेनेभा, "स्विट्जरल्याण्ड" नेपाल फर्कनु पर्ने वाध्यतामा रहेका नेपाली नागरिकहरुको विवरण अध्यावधिक गर्ने सम्बन्धी - newsallabc.com

Breaking

Saturday, May 30, 2020

(जरुरी सार्वजनिक सूचना) नेपाली राजदूतावास जेनेभा, "स्विट्जरल्याण्ड" नेपाल फर्कनु पर्ने वाध्यतामा रहेका नेपाली नागरिकहरुको विवरण अध्यावधिक गर्ने सम्बन्धी

COVID-19 को कारणवाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुको विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।

उपरोक्त सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति 2077/02/12 को निर्णय बमोजिम स्वीकृत कोभीड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थिति स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नेपाली नागरिकलार्इ स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077 बमोजिम कोभिड-19 को महामारीका कारण नेपाल फर्कन नपाएका र नेपाल फर्कनु पर्ने अवस्थामा रहेका स्विट्जरल्याण्ड र इटालीमा रहनु भएका नेपाली नागरिकहरुको यथार्थ विवरण अध्यावधिक गर्ने प्रयोजनका लागि (यस भन्दा अगाडि इमेल तथा फोनमार्फत विवरण उपलब्ध गराइसक्नु भएकाहरुले समेत) थप विवरण आवश्यक भएकोले देहायका शर्तहरुमा सम्बन्धित सबैले यस लिङ्क (https://gva.nepalmission.gov.np/register-yourself/मा गर्इ आफ्नो यथार्थ र सही विवरण उपलब्ध गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।साथैआदेशमा उल्लेखित अन्य व्यवस्थाहरु निम्नानुसार रहेका व्यहोरा समेत अनुरोध छ।

1. विवरण भर्दा नेपाल फर्केपछि आफ्नै खर्चमा तोकिएको होटल क्वारेन्टिनमा बस्ने वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा बस्ने कुरा खुलाउनु पर्नेछ।

2. हवार्इ उडानबाट स्वदेश फर्कने व्यक्तिले हवार्इ यात्रा गर्नु अघि कोभिड-19 संक्रमण नभएको स्वास्थ्य परीक्षण (पि.सि.आर./आर.डि.टी./अन्य परीक्षण) को प्रमाण साथमा राख्नु पर्नेछ।

3.क्वारेन्टिनमा बस्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेबमोजिमको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्नु पर्नेछ।

4. स्थानीय क्वारेन्टिन वा होटल क्वारेन्टिनमा 14 दिन व्यतित भए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोके बमोजिमको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नु पर्नेछ। साथै, नेपालको ठेगाना उल्लेख गर्दा क्वारेन्टिनको समय व्यतित गरे पछि स्वास्थ्य सुरक्षा मापदण्ड बमोजिम स्वास्थ्य परीक्षण गरे पछि आफू जाने घर ठेगाना/वासस्थानको ठेगाना उल्लेख गर्नु पर्नेछ।

5.नेपाल फर्कदाको हवार्इ उडान होटल क्वारेन्टिन खर्च  तथा अन्य यातायात खर्च लगायतका सम्पूर्ण खर्च आफैले व्यहोर्नु पर्नेछ।

6. अन्य विषयहरुको हकमा नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम हुनेछ।

नेपाली राजदूतावास

जेनेभा, स्विट्जरल्याण्ड

2077/02/16 (29 मे 2020)

Fields marked with an * are required

Current Address

Contact Address in Nepal after Quarantine 


 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167