अर्थमन्त्री युवराज खतिवडा २०७७/७८ को बजेट प्रस्तुत गर्दै, स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड बजेट विनियोजन - newsallabc.com

Breaking

Thursday, May 28, 2020

अर्थमन्त्री युवराज खतिवडा २०७७/७८ को बजेट प्रस्तुत गर्दै, स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड बजेट विनियोजन

स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड बजेट विनियोजन

 
काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०७७/७८का लागि स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेर ९० अर्ब ६९ करोड पुर्‍याइएको बताए । अघिल्लो आर्थिक वर्ष स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

अर्थमन्त्री युवराज खतिवडाले कोरोना महामारी तथा संक्रामक रोगको लागि रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकतामा राख्ने बताए । उनले कोरोनाको महामारी थप विस्तार हुन नदिन जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउन, कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि औषधि ,उपकरणका लागि पनि जोड दिने बताए ।

यस्तै सबै स्थानीय तहमा ५ देखि १५ शय्याका २ सय अस्पताल बनाउन पनि सरकारले बजेट विनियोजन गरेको छ ।

तीन वर्षमा सबै नागरिकमा स्वास्थ्य बीमा र आगामी वर्ष ४० प्रतिशत जनसंख्यालाई बिमाको दायरामा ल्याइने अर्थमन्त्री खतिवडाले बताए । यो कार्यक्रमका लागि साढे ७ अर्ब विनियोजन गरिएको उनले बताए । यस्तै सरकारले महिला स्वास्थ्य कार्यकर्ताको भत्ता दोब्बर पारेको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167