पहिलो नेपालमा दश वर्षभन्दा कम उमेरमा देखियो कोरोना, जोेखिम बन्दै छ नेपाल ! - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Sunday, May 3, 2020

पहिलो नेपालमा दश वर्षभन्दा कम उमेरमा देखियो कोरोना, जोेखिम बन्दै छ नेपाल !

नेपालमा:- संक्रमित : ७५, निको : १६, मृत्यु : 

नेपालमा पहिलो पटक दश वर्षभन्दा कम उमेरका व्यक्तिमा कोभिड–१९ (नोवल कोरोना भाइरस) संक्रमण देखिएको छ ।
Coronavirus_Kids_AP_20038176999809_2500
भेरी अञ्चल अस्पतालमा नमुना परीक्षण गर्दा ७ वर्षीयको रिर्पोट पोजेटीभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यसअघि जनकपुरमा १४ वर्षीयामा कोरोना संक्रमण देखिएको थियो ।
विभिन्न अध्यनहरूले ९ वर्ष भन्दा कमलाई कोरोनाबाट सबै भन्दा ‘कम जोखिम युक्त’ उमेर समूह मानिएको छ ।
बालबालिका कम जोेखिममा !
न्यूर्योक सिटी हेल्थका अनुसार अमेरिकामा ६ हजार ८४० को मृत्यु हुँदा १७ वर्षभन्दा कम उमेरका ३ जना थिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार कोरोना संक्रमित ७ वर्षीयको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
कोरोनाका बिरामीको उपचारमा संलग्न डा. शेरबहादुर पुन विभिन्न अनुसन्धानहरूले तुलनात्मक रुपमा बालबालिकामा कोरोनाको संक्रमण कम देखाएको बताउँछन् ।
‘संख्यात्मक रुपमा सानो उमेरका संक्रमित कम देखिए पनि यसको मुल कारण पत्ता लागि सकेको छैन,’ डा. पुन भन्छन्, ‘कोभिड–१९ सम्बन्धी सबै कुरा नयाँ भएकाले बालबालिका कम जोखिममा छन् भनेर ठोकुवा गर्नु भने हतार हुन्छ ।’

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167