इंडिया बाट २९ हजारभन्दा बढी नेपाली भित्रिए, दुई हप्तामा : कैलालीको गौरीफन्टा नाका - newsallabc.com

Breaking

Friday, May 29, 2020

इंडिया बाट २९ हजारभन्दा बढी नेपाली भित्रिए, दुई हप्तामा : कैलालीको गौरीफन्टा नाका

कैलालीको गौरीफन्टा नाकाबाट २९ हजारभन्दा बढी नेपाली भित्रिएका छन् ।
जेठ २ गतेदेखि १५ गतेसम्म २९ हजार नेपालीहरुले नेपाल प्रवेश पाएका हुन् । बिहीबार पनि भारतमा अलपत्र परेका नेपालीको उद्धार गरिएसँगै नेपाल ल्याइएका नेपालीहरुको संख्या २९ हजार नाघेको हो ।

स्थानीय प्रशासनको समन्वयमा बिहीबार चार हजार पाँच सय ६४ जनाको उद्धार गरीएको छ । उद्धार गरिएका कसैको पनि परीक्षण भएर नेपाल ल्याईएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । बिहीबार उद्धार गरिएका मध्ये १ हजार १ सय २७ जना कैलालीका मात्रै छन्। 

वैशाख २ गते तीन सय ८३, ३ गते चार सय तीन, ७ गते ८ सय ५८, ८ गते दुई हजार चार सय ९८, ९ गते २ हजार ११, १० गते १ हजार नौ सय ५९, ११ गते ३ हजार ९ सय ६४, १२ गते २ हजार २ सय २७, १३ गते ५ हजार २ सय ४२ जना, १४  गते ४ हजार ७ सय ९४ र जेठ १५ गते ४हजार ५ सय ६४ जनाको उद्धार गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठ २ र ३ गते भित्रिएका नेपालीको आरडीटी गरिएको थियो । उनीहरु मध्ये महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो । तर ७ गते आएका ८ सय ५८ जनालाई आरडीटी समेत नगरी गाउँ पठाइएको थियो । \
८ गते आएका २ हजार ४ सय ९८ जनामध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ ।

यस्तै ९ गतेदेखि १४ गतेसम्म आएका कसैको पनि आरडीटी समेत गरिएको छैन । भारतबाट फर्किएकाहरुको परीक्षण नहुँदा कोरोना भाइरस सङ्क्रमण समुदाय स्तरमा फैलिने चिन्ता गरिएको छ । तर प्रदेश सरकारले भने किट अभावको कारण देखाउँदै परीक्षणको व्यवस्था मिलाउन सकेको छैन ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले १४ दिन क्वरेन्टीनमा राखेपछि उनीहरुको परीक्षण हुने बताउनुभयो ।


No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167