रुपन्देहीमा कोरोना संक्रमण बड़दो, बिहीबार लुकेर छिर्ने अन्य तीनजना पनि क्वारेन्टाइनमा - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Friday, May 1, 2020

रुपन्देहीमा कोरोना संक्रमण बड़दो, बिहीबार लुकेर छिर्ने अन्य तीनजना पनि क्वारेन्टाइनमा

हाल सम्म नेपालमा  संक्रमित :-५९, निको :- १६, मृत्यु :- 

बिहीबार लुकेर छिर्ने अन्य तीनजना पनि क्वारेन्टाइनमा, परिक्षण हुन बाँकी

रूपन्देहीको कोटहीमाइ गाउँपालिका–१ सिपवाका कोरोना संक्रमण देखिएका युवा लकडाउनको अवधिमा सीमाबाट लुकेर छिरेको खुलेको छ । भारतको नयाँ दिल्लीमा मजदुर गर्ने उनी ४ दिन पैदल हिँडेर वैशाख ५ गते सीमाबाट लुकेर गाउँ छिरेका थिए । ट्रक र पैदल यात्रा गर्दै आएका उनी गाउँ छिर्दा भने एक्लै थिए ।
butwal-isolations-hospital-0742020021746-1000x0
सुरक्षाकर्मीलाई छल्दै लुकेर गाउँ छिरेका उनलाई उनकै दाजुले घर नपुग्दै कोटहीमाइको बौरियाघाटबाट क्वारेन्टाइन पुर्‍याएका थिए । गाउँपालिकाले उनलाई मझगवामा स्थापना गरेको श्रीमर्चवार आदर्श मावीको क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ उनीसँगै १६ जना बसेका थिए । तीमध्ये तीनजना बिहीबार भारतबाटै आएर सीमाबाट लुक्दै गाउँ छिरेका थिए । रातिमा गाउँ छिरेका उनीहरुलाई स्थानीयले नै क्वारेन्टाइनमा पुर्‍याएका थिए ।

क्वारेन्टाइनमा गाउँउपालिकाबाट खटिएका स्वास्थ्यकर्मीले उनीसहित १० जनाको थ्रोट स्वाब बुधबार संकलन गरेका थिए । बाँकी ६ जनाको स्वाब शुक्रबार संकलन भएको गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवले बताए ।

रूपन्देहीको भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पोर्टेवल पीसीआरको प्रोसेसिङ किट सकिएपछि उनीसहित १ सय ९ जनाको स्वाब परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर राजेन्द्र गिरीले बताए । अन्यको स्वाब टेकुमै परीक्षणकै क्रममा छ ।

संक्रमित फेला परेको गाउँपालिका रूपन्देहीको दक्षिणी क्षेत्र हो । भारतसँग सीमा जोडिएका मर्चवारी, समरीमाई, कोटहीमाइ गाउँपालिका सुरुदेखि नै बढी जोखिम देखिएका क्षेत्र हुन् । त्यस क्षेत्रमा संकलन भएको अधिकांश थ्रोट स्वाब परीक्षणका लागि काठमाडौं पठाउन थालिएको छ । संक्रमण देखिएका युवालाई बिहीबार नै बुटवल धागो कारखानामा स्थापना गरिएको बुटवल अस्थायी कोरोना अस्पतालका आइसोलेसनमा राखिएको छ ।
new-corona-case+psetive

प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बलालले सीमा नाकामा सशस्त्र प्रहरी परिचालन गरे पनि लुकिछिपी आउने क्रम नरोकिएकाले थप कदम चाल्नुपर्ने अवस्था देखिएको बताए । ‘सीमामा निगरानी भएकै छ,’ उनले भने, ‘खेतमा काम गर्ने निहुँ बनाएर आउनेदेखि लुकेर छिर्ने गरेकै छन्, त्यसले चुनौती बढाएको छ ।’ शुक्रबार संक्रमण देखिएका रूपन्देही र नेपालगन्जका दुवैको ट्राभल हिस्ट्रीका आधारमा कन्ट्रयाक्ट ट्रेसिङ गरेर नजिकको सम्पर्कमा रहेका सबैको पीसीआर परिक्षण गर्ने र त्योभन्दा बाहिरको ठूलो घेरा बनाएर उनीहरुको आरडीटी परिक्षण गर्ने तयारी भइरहेको उनले बताए ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167