हेटाैँडाकी एक महिलामा काेराेना सङ्क्रमण पुष्टि, नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या 783 - newsallabc.com

Breaking

Wednesday, May 27, 2020

हेटाैँडाकी एक महिलामा काेराेना सङ्क्रमण पुष्टि, नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या 783

मकवानपुर – हेटौँडा उपमहानगरपालिका १ चौकी टोल घर भएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौँडा प्रयाेगशालामा जाँच गराउँदा उहाँमा कोरोना भाइरस पुष्टि भएको हेटौँडाको कर्रामा रहनुभएका आइसोलेशन इन्चार्ज भोला चौलागाईँले जानकारी दिनुभयो ।
गएकाे जेठ ९ गते कोरोना सङ्क्रमणको लक्षण देखा परेपछि कोरोना जाँचकाे लागि ल्याबमा दिइएकाे थियो । तर उहाँ त्यसबेलादेखि आइसोलेशनमा भन्दा पनि घरमै रहेको चौलागाईँले बताउनुभयो ।

हेटौँडामा नै घर र यही बसोवास गर्ने महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौँडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले बताउनुभयो । कोरोना सङ्क्रमित महिला गर्भवती रहेको स्राेतले जनाएको छ ।
हेटौँडा प्रयोगशालामा जाँच गराउँदा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले पनि जानकारी दिनुभयो ।
अब नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या सात सय ८३ पुगेकाे छ । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167