कैलाली: भारतमा रोकिएका नेपालीको धमाधम उद्धार कार्य सुरु । - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Thursday, April 30, 2020

कैलाली: भारतमा रोकिएका नेपालीको धमाधम उद्धार कार्य सुरु ।

एक महिना भन्दा बढी समयदेखि स्वदेश फिर्तीको आशामा बसेका नेपाली नागरिक बिहीबार बैतडीको सीमा नाकाबाट घर फर्किन पाएका छन् ।
बैतडीको सीमा पारी रहेका नेपालीको बिहीबार विहानैदेखि उद्धार भइरहेको छ । भारतको पिथौरागड जिल्लामा करिब ८ सय नेपाली स्वदेश फिर्तीको प्रतीक्षामा रहेका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
kailali+covid
कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै सरकारले १० चैतमा नेपाल– भारत सीमा बन्द गर्ने निर्णय गरेको थियो । त्यतिबेला भारतीय क्षेत्रमा करिब २ हजार जना नेपाली रोकिएका थिए ।
आफ्नो गाउँ आएपछि उनीहरुले स्थानीय तहले बनाएको क्वारेन्टाइनस्थलमा बस्नुपर्ने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र नेगीले बताए ।
‘बैतडीका सबैभन्दा धेरै नागरिक पारी (भारतमा) अलपत्र परेका छन्’ उनले भने, ‘उहाँहरुलाई उद्धार गरेर स्थानीय तह पठाउने काम भइरहेको छ ।’
केही स्थानीय तहका जनप्रतिनिधिनै सीमा क्षेत्रमा आफ्ना नागरिक लिन पुगेका छन् । बैतडीको सीमा नाकामा पुर्चाैडी नगरपालिकाले ५ वटा बस पठाएको छ । झुलाघाट सीमा पारी सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका साथै कर्णाली प्रदेशका पनि केही नागरिक स्वदेश फर्किने प्रतीक्षामा रहेका छन्।
नेपाल र भारत सरकारले सीमा क्षेत्रमा अलपत्र नागरिक जुन देशको भए पनि उनीहरु रहेकै देशको क्वारेन्टाइनमा राख्ने सहमति गरेका थिए । त्यसपछि भारतीय क्वारेन्टाइनमा दुई हप्ता समय बिताएका नेपाली स्वदेश फर्किन लागेका हुन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167