Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई अचम्मित पार्ने गरी ८ बैशाखमा ल्याएका दुई अध्यादेशले कोरोनाले ठप्प नेपाली राजनीतिलाई तरंगित बनाउन थप मलजल गरेको धेरैको बुझाइ छ । उक्त अध्यादेशको अध्याय समाप्त भइसकेपनि त्यसका तरंगहरु भने अझै साम्य भैसकेका छैनन् ।
यहि क्रममा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)र प्रतिपक्षी दलका केही नेताबीच अस्भाविक भेटघाट समेत बाक्लिदै गएका छन् । यस्तो भेटघाटको श्रृंखला भने लामो छ । काँग्रेस स्रोतका अनुसार नयाँ वर्ष २०७७ को सुरुमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिबीच गोप्य भेटवार्ता भयो ।
उनीहरुबीचको भेटवार्तापछि नै प्रधानमन्त्री ओलीले अध्यादेशको तमासा देखाएका थिए । किनभने ओली नेतृत्वको (तत्कालीन एमाले र माओवादी केन्द्र सम्मिलित) पहिलो सरकार ढाल्न मुख्य पात्र निधि नै भएको त्यतिबेला चर्चा थियो । पछि प्रचण्ड नेतृत्वको सरकारमा उनी काँग्रेसका तर्फबाट नेतृत्व गर्दैगृहमन्त्री बन्नसफल भएका थिए ।
यतिबेला पनि निधि र प्रचण्डबीचको वार्तालाई केपी ओली पक्षले अर्थपूर्ण रुपमा हेरेको छ । त्यसपछि प्रचण्ड आफ्ना पार्टीका नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतसँग निरन्तर संवादमा जुटेका छन् ।
सत्तापक्षका प्रचण्ड पक्षमात्रै होइन प्रतिपक्षी नेताहरुले पनि आन्तरिक भेटघाटलाई तीव्र बनाएको सम्पर्क स्रोतहरुले पुष्टि गरेका छन् । संसदमा सरकारको पक्षमा प्रस्ट बहुमत रहेको अवस्थामा काँग्रेसले पनि सरकारविरुद्ध पार्टीभित्र र बाहिर बलियो मोर्चाबन्दी बनाउने कसरत बढाउदै गएको देखिन्छ ।
यो कसरत र मोर्चावन्दीलाई प्रधानमन्त्री ओलीकोस्वेच्छाचारी शैली रोक्न दवाव कि सरकार परिवर्तनको खेल ? प्रश्न अनूउत्तरित छ । विशेषगरी वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बिहीबार साँझ बसेको सचिवालयका ६ जना नेताहरुको अनौपचारिक बैठकपछिको नेताहरुको दौडधुप चाखलाग्दो छ । उक्त बैठकको एउटा उद्देश्य सफल भइसकेको छ ।
अध्यादेश फिर्ता नभए शनिबारै स्थायी कमिटी बैठक बोलाएर प्रधानमन्त्री ओलीलाई अप्ठेरोमा पार्ने उनीहरुको रणनीतिमा अध्यादेश फिर्तापछि आंशिक ब्रेक लागिसकेको छ । उनीहरुबीच ओलीलाई संसदीय दलमा अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाटै हटाउनेसम्मको तयारी भएको नेकपा वृतमा चर्चा चलेको थियो ।
त्यो भन्दा थप चर्चा सोही दिन प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको वान टू वान वार्ताको छ । भैंसेपाटीको बैठक सकेर प्रचण्ड जाउलाखेलस्थित देउवाका साला भुषण राणाको निवासमा देउवा भेट्न पुग्नुलाई ओली समुहले निकै अर्थपूण रुपमा हेरेको छ ।
तर काँग्रेस स्रोतकाअनुसार वान टू वान वार्ता भएकाले प्रचण्ड र देउवाबीचको कुराकानी गर्भमै छ । त्यसको दोस्रो दिन प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको निवास बालुवाटार बोलाएर देउवासँग छलफल त्यतिकै गरेका होइनन् । अर्कोतिर आध्यादेश विरुद्ध आक्रमक देखिएको काँग्रेससँग डिल गर्नु पनि थियो ।
किनभने प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिएलगत्तै राजनीतिक विवाद साम्य भइसकेको देखाउन शुक्रबार बालुवाटारमा देउवासँग छलफल गरेको बुझ्न गाह्रो छैन । मधेशवादी दल विभाजनको योजना असफल भएपछि ओलीले देउवासँग आगामी दिनमा राज्य सञ्चालनमा सहमतिका साथअघि बढ्ने बचन दिएको बुझिएको छ ।
ओलीले त्यसलगत्तै देउवासँगै प्रचण्डलाई पनि राखेर कुराकानी गर्ने प्रयास गरेका थिए । तर काँग्रेसमा नेकपाले ओलीको विकल्प खोज्दा साथ दिनुपर्ने आवाज बलियो छ । काँग्रेस निकट बुद्धिजिवीले पनि काँग्रेस नेताहरुलाई सोही सुझाव दिएको बताइन्छ । यस्तै नवगठित जनता समाजवादी पार्टीले त ओलीको विदा गर्नपर्ने कुरा जोडदार ढंगले उठाइरहेको छ ।
शनिबार मात्र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीको विदाइ गर्नुपर्ने जिकिर गरेका थिए । प्रधानमन्त्री र देउवासँगको भेटपछि पनि प्रचण्डको भेटवार्तामा ब्रेक लागेका छैन । बरु दिनमा दुईपटक वार्तामा बसिरहेका छन् ।
शनिबार पनि नेकपाका नेताहरु खुमलटार र बानेश्वर भेटवार्ता भएको स्रोतको दावी छ । प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड, वामदेव गौतम र नेता मातृका यादवबीच विहान एक घण्टा भेटवार्ता भएको बुझिएको छ ।
त्यसपछि दिउँसो नयाँ बानेश्वरमा माधव नेपाल, प्रचण्ड, वामदेव र राप्रपाका अध्यक्ष कमल थापाबीच समेत भेटवार्ता भएको छ । एक घण्टाको छलफल पनि कमल थापा बाहिरिएका थिए भने नेकपाका नेताहरु थप वार्तामा बसेको थिए । तर वार्ताको भित्री कुरा बाहिर खोल्न अहिलेसम्म कुनै नेता तयार छैनन् ।
यता नेकपामा कोरोनाको कहरका बीच ४५ सदस्यीय स्थायी कमिटी बैठक बस्न जोडदार माग उठिरहेको छ । स्थायी कमिटीको माग गर्ने २० जना नेतामध्ये अधिकांश ओलीमाथि नैतिकताको प्रश्न बर्साइरहेका छन् ।
उक्त बैठकमा ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने आवाज उठाउने ओलीइतरको तयारी छ ।
उक्त बैठकमा ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने आवाज उठाउने ओलीइतरको तयारी छ ।
नभए नैतिकताको घेराबन्दीमा पार्ने र बैठकमै नेपाललाई प्रधानमन्त्री बनाउनसम्मको प्रस्ताव ल्याउने चर्चा राजनीतिक बृत्तमा चुलिन पुगेको छ । यता काँग्रेसले त १७ बैशाखका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइसकेको छ । अध्यादेशका लागि बोलाइएको उक्त बैठक स्थगित भैनसकेकाले काँग्रेस बैठकको मुद्दा के बन्ने भन्ने निश्चित भैसकेको छैन ।
अध्यादेश प्रकरणले प्रधानमन्त्री ओलीले सरकार चलाउने वैद्यता गुमाइसकेको काँग्रेसको भनाई छ । किन भने काँग्रेसका ११ युवा नेताले मंगलबार प्रधामन्त्री ओली सरकार सञ्चालनको वैधानिकता गुमाएको ठहर गर्दै केन्द्रीय समिति बैठकको माग गरेका थिए ।
नेताहरुको मागपछि काँग्रेस सभापति देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलसँगको छलफलपछि उक्त बैठक बोलाएकाले पनि काँग्रेस सरकारविरुद्धको मोर्चाबन्दीमा कडा निर्णयमा पुग्न सक्ने देखिन्छ ।
जसलाई नेताहरुको पछिल्लो दौडधुपसँग पनि जोडेर हेर्न थालिएको छ ।
जसलाई नेताहरुको पछिल्लो दौडधुपसँग पनि जोडेर हेर्न थालिएको छ ।
गणितीय हिसाबले ओली नेकपाभित्र सबै कमिटीमा पहिले नै अल्पमतमा परिसकेका अवस्थामा सरकार परिवर्तनको संकेत बढी झल्किन्छ । यता प्रधानमन्त्री ओलीमा नैतिक र राजनीतिक ताकत पनि क्षय हुँदै गएको देखिन्छ । आफ्नो बहिर्गमन रोक्न पार्टीले संसदीय दलको नेताबाट हटाएको अवस्थामा पार्टी फुटाउने ताकत र मत पनिओलीसँग नभएको कतिपयको भनाइ छ ।
तर पार्टीभित्र र बाहिरको मोर्चाबन्दीलाई नियालिरहेका ओलीले पनि आफुनिकटका नेताहरुसँको छलफललाई तीव्रता दिएका छन् । ओली निकट मानिने नेकपाका नेताहरु सुवास नेम्वाग, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरुसँग छलफल तीव्र पारेका ओलीले स्थायी समिति बैठक बोलाउन आएको दवावलाई कसरी टार्ने भन्ने भन्ने रणनीति बनाउन जुटेकोे नेकपाभित्रै चर्चा चलेको छ ।
No comments:
Post a Comment