उदयपुरमा कोरोना संक्रमित, एकै परिवारका ५ जना - newsallabc.com

Breaking

Saturday, April 25, 2020

उदयपुरमा कोरोना संक्रमित, एकै परिवारका ५ जना

उदयपुर । उदयपुरमा एकै परिवारको पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त संक्रमण भारतीय धर्म प्रचारक जमातीहरुले नफैलाएको तथ्य सार्वजनिक भएको छ । उनीहरुको ट्राभल्स हिट्री हेर्दा र नेपालका आएर बसेको स्थानहरुमा गरिएको स्वाब परिक्षणमा कोरोना संक्रमण नभेटिएपछि यस्तो निस्कर्ष निकालिएको हो ।

तिनीहरूको ‘ट्राभल हिस्ट्री’ हेर्दा उनीहरू बिराटनगरको जोगबनी नाकाबाट मंसिर २५ गते नेपाल छिरेको त्यसपछि रानीको मस्जिदमा १ महिना बस्दै बिराटनगर, दुहबी, ईटहरी, इनरुवापछि सप्तरीको बोदेबर्साइन नगरपालिका–५ जाँजरमा फागुन ३–५ गते भएको नेपाल इज्तिमा सहभागी भई स्थानीय मस्दिजहरुमा घुमफिर गरी सप्तरीकै कन्चनपुर, फत्तेपुर, उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ सुन्दरपुरको शिवाईस्थित मस्जिद हुँदै ज्यामिरे, मोथियाही हुँदै त्रियुगा नगरपालिका– ३ भुल्केस्थित नुरी मस्जिदमा चैत १ गते आएको खुलेको छ ।
ति भारतीय धर्म प्रचारक १२ जना जमातीहरु आएर सबेको स्थानहरुमा गरिएको स्वाब परिक्षण रिर्पोटले पनि उनीहरुले संक्रमण नफैलाएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए ।
त्रियुगा नगपालिका– ३ भुल्केका एकै परिवारको पाँच जनमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिनुले पनि सो घरबाट अन्यत्र संक्रणमा फैलिएको हुनसक्ने अनुमान गरिएको छ । ती परिवारका एकजना युवा भारतको उत्तर प्रदेशस्थित कर्णाटक मस्दिजमा आएकाले कोरोना संक्रमण फैलाएको अनुमान गरिएको छ । लकडाउन भन्दा एक साता अघिमा मात्र उनी भारतको लखनउबाट घर आएका थिए । घर आएसँगै उनले नुरी मस्जिदमा रहेका धर्म प्रचारक जमातीहरुसँग दैनिक रुपमा उठबस गर्ने गरेको भेटिएको छ ।
त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदका १२ भारतीय जमातीसहित १३ धर्म प्रचारकमा बैशाख ५ गते पहिलोपटक कोरोना भाइरस (कोबिड–१९) संक्रमण पुष्टि हुँदा धेरैको प्रतिक्रिया थियो– भारतीयका कारण कोरोना फैलियो । त्यस यता उदयपुरमा दैनिक जसो संक्रमित थपिएका छन् ।
उदयपुरमा संक्रमितको संख्या २ महिलासहित २८ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको संक्रमितहरु मध्ये त्रियुगा नगरपालिका– ३ भुल्केका ८ जना त्रियुगा नगरपालिका– ११ गाईघाट बजार मेन चोकका २ जना सप्तरी सुरुङ्गा नगरपालिका– ११ का २ जना मोरङ्गका ४ जना धर्म प्रचारक जमाती भारत दिल्लीका ७ जना, भारत उत्तर प्रदेशका ३ जना, भारत जामियानगरका १ जना भारत बिजनौरका १ जना गरि २८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबैको प्रदेश स्तरीय कोरोना भाइरस (कोभिड १९) अस्पताल बिराटनगरको आईसोलेसनमा उपचार भई रहेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुबेदीले बताए । सुरुमा मस्जिदमा रहेका १२ भारतीय सहित १६ जनाको नमुना ¥यापिड डाइग्नोस्टिक जाँच गर्दा नेगेटिभ आएको थियो, त्यसमा संका लागेर पिसिआर जाँच गर्न नुरी मस्जिदका १६ जनाको स्वाब संकलन गरि बिराटनगरमा परिक्षण गर्न पठाउँदा पोजेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुबेदीको भनाइ रहेको छ ।
त्यसैगरी बैशाख ६ गते मस्जिदकै अर्का एक जनामा पनि संक्रमण प्रमाणित भयो । एकैपटक दर्जन हाराहारीमा संक्रमित फेला परेपछि नगरपालिका, प्रशासन, स्वास्थ्य निकाय र जिल्ला कोबिड प्रतिकार समितिले मस्जिद आसपास भुल्केबासीको स्वास्थ्य परीक्षणको माग गरे । सोही बमोजिम प्रदेश सरकारले टोली पठायो । सरुवा रोग विशेषज्ञ डा. जयवेन्द्र यादव नेतृत्वको टोलीले ६ गते मस्जिद आउजाउ गर्ने तथा संक्रमित धर्म प्रचारकसँग भेटघाट गर्ने ६० सहित ६९ को स्वाब संकलन गरी लग्यो । ३ दिनपछि संक्रमणको आशंका गरिएका थप ८ जनालाई ‘रिकन्फर्म’ गर्नु पर्ने भनेपछि एम्बुलेन्स मार्फत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइयो । त्यहाँ जाँच गर्दा उनीहरुमा संक्रमण पुष्टि भयो ।
कोरोना जोखिमबाट बच्न मुलुक भर लकडाउन गरेको २५ औं दिन भुल्के ‘कोरोना इपिसेन्टर’ मा परिणत भएपछि जनमानसमा ह्वात्तै त्रास बढ्यो । काठमाडौंबाट हेलिकोप्टरमा आएको नेपाली सेनाको स्वास्थ्य टोलीले ७ गते १ सय ५२ जना र ८ गते थप १ सय जनाको स्वाब संकलन गरी काठमाडौं लग्यो । परीक्षणबाट थप ४ जनामा संक्रमण पुष्टि भयो । पहिलो र दोश्रो दिन १३ जनामा संक्रमण पुष्टि भएसँगै नुरी मस्जिदमा रहेको १६ जना मध्ये ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएपछि यो संख्या २८ पुगेको छ ।
संक्रमित सुरुमा मस्जिदमा भेटिए पनि पछिल्लो नतिजाले संक्रमण भारतको मस्जिदमा उर्दू पढ्न जानेबाट सरेको बुझिन्छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार भारतीय धर्म प्रचारकको ‘ट्राभल हिस्ट्री’ अनुसार उनीहरुबाट संक्रमण भएको भन्न सकिने अवस्था छैन ।
भुल्केकै ३ युवा १ महिना यता भारतको नयाँदिल्ली, कर्णाटक र दुबईबाट फर्केको खबरले पनि सुवेदीको अनुमानलाई बल मिल्ने कोरोनाविरुद्ध अग्रमोर्चामा खट्दै आएका त्रियुगा नगर प्रमुख बलदेव चौधरी बताउँछन् । उनले लक डाउन सुरु हुनु अगाबै नयाँ मान्छे कोही आए वा आएको थाहा भए तत्काल नगरपालिका, प्रहरी, प्रशासनलाई जानकारी गराउन जनप्रतिनिधि र टोल विकास समितिका पदाधिकारीलाई आग्रह गरिएको बताए । पटक पटक आग्रह गर्दा पनि विदेशबाट फर्केका मान्छेको विवरण प्राप्त हुन नसकेको उनले बताए ।
कर्णाटकमा उर्दु भाषा अध्ययनरत एक विद्यार्थी चैत लागेपछि, नयाँदिल्लीमा रोजगारी गर्ने एक युवक र दुबईमा काम गर्ने अर्का युवक फागुन तेश्रोे सातातिर भुल्केस्थित घर फर्केको जानकारी स्थानीयले दिएका छन् । विदेशबाट फर्केका ती युवकमध्ये कर्णाटकमा उर्दु पढ्नेको परिवारै र दुवईबाट आउने पनि कोरोना संक्रमित रहेकोले पनि उनीहरुले कोरोना संक्रमण फैलाएको हो ।
यस आधारमा मस्जिदका धर्म प्रचारकबाट नभएर संक्रमण तिनै युवकबाट भएको हुन सक्छ । तर भारतीयको उदयपुर ‘प्रवेश बिन्दु’ शिवाईको रिपोर्ट नेगेटिभ आएपछि भारतीय धर्म प्रचारक जमातीले कोरोना फैलाएको होईन जिल्ला प्रहरी कार्यालय उदयपृुरका प्रमुख एसपी बीरबहादुर बुढामगर बताउँछन् ।
‘ट्राभल हिस्ट्रीले भारतीय धर्म प्रचारकबाट संक्रमण भएको भन्न मिल्दैन’, मगर भन्छन, ‘रेलको टिकट, अन्य कागजात र बयानले उनीहरु मंसिर २५ गते नै नेपाल भित्रिएको देखाउँछन, जुनबेला विश्वमै कोरोना सुरु भएकै थिएन । जोगवनी नाका भएर नेपाल छिरेका उनीहरु मोरङ, सुनसरी र सप्तरीका विभिन्न मस्जिद हुँदै फागुन २७ गते उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ सुन्दरपुरस्थित शिवाई मस्जिदमा बाँस बस्न आइपुगेको पाइएको छ ।
उदयपुरमा कोरोना संक्रमण भारतीय धर्म प्रचारक जमातीबाट नभई भारतको कर्णाटकमा उर्दू अध्यायन गरेर आउँने बिद्यार्थीबाट जमाती लगायत मुस्लिम समुदायमा सारेको प्रदेश नम्बर १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले दाबी गरेको छ । संक्रमित स्थान लगायत भारतीय जमातीको ‘ट्राभल हिस्ट्री र उनीहरु बसेको स्थानमो ट्रेसिङ्ग गरी स्वाब परिक्षण गर्न संकलन गरिएको ५१४ जनाको नमूना मध्ये २८ जनामा कोरोना पुष्टि भई बाँकीको सबै रिर्पोट सनिवार आज नगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुबेदीले जानकारी दिएको छ । आज सनिवार नै कोरोना प्रभाबित क्षेत्रको अनुगमनका लागि मुख्यमन्त्री शेरधन राई आउँदैछ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167