Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
साइलीको कालो हाल्फ़ भेस्ट अनि फुली बिनाको
नाक आहा.. टोकी हालु जस्तो ! कुप्लुक्क !!!
फेरी नि तिन घन्टी मा साइली ले फोन उठाउदा त्यहाको दुइ बजी सकेको रहेछ । साइलीले सारै सम्झेको जस्तो महसुस भयो मलाई । म एउटा मर्द किनपो रुन्थे तरपनि आसु बगेझै लाग्यो, कारण आफैलाई सोध्न थाले । अनायासै कुनै कारण बिना भाबुक हुनु ठिक लागेन । हामी संसारको रचियेता मर्द मानिस हौ, भने उनीहरु संसारका शृंगार कर्ता हुन् तेसैले उनीहरु भाबुक हुनु ठिक छ । तर हामीलाई कम्जोर बनाउछ, यो सब्द ले तर मेरो कथा अलि अलग छ । “उनि भाबुक हुन्छिन देखिदैन तर म बाट भाबुकता चाडो देखिएको महसुस हुन्छ” अनि सत्यता पनि येही हो । कसको ग्रहको पल्ला भारिछ दैव नै जानुन ।
उनको शरीर उनको निम्ति केहि होइन ,
मेरो लागि आफ्नो भन्दा धेरै महत्तो राख्दछ ,
उनि उनीमा ० (जिरो ) होलिन ,
मेरो लागि लाखौ मा एक छिन ,
उनि अरुको लागि अमुल्यवान होलिन ,
मेरो लागि मुल्यवान छिन ,,
उनि ब्रमाण्ड कि एक स्त्री मात्र होलिन ,
मेरो लागि परि झैँ खास छिन ,,
साइली
मेरो फोनको प्रतिक्षामा बसेकी रहेछीन । मलाई अप्ठ्यारो नपरोस अनि कसै संग माग्न नपरोस भन्नको निमित्त सुनको
बाला अनि सानो औठी बेचिछ । सोधे तिमिलाइ गारो त हुन्न, भन्छिन यताको
चिन्ता बिल्कुलै नगर बरु ID चाडो बनाऊ र मलाइ संगै लैजाउ । संसार हेर्न पुगेकाछौ गोर्खे
खाली हात नफर्क ।
दाइले
भनेझै नेपालमा पैसा को कारोबार गरि यहाँ मलाई ३०० यूरो हात परो । हुदा हुदै फ्रान्सको यो पेरिस
शहर हेर्न नपाई छोड्ने स्थिति पनि आयो ।
म
तेस्तो व्यक्ति हु जो संसार को आठौ अजुवा मध्येको एक सबै भन्दा अग्लो टावर Eiffel Tower को काखमा हप्ता दिन भन्दा
बढी बसी उसैको कथा लेखन असफल भएको छु ।
“लाहुरे हुन आएको गोर्खे परिस्थिति को चपेटा मा
समयले जता-जता
ठेल्दै लैजान्छ अब उतै उतै si
si grazie. फेरी
पुरानै ट्रेनस्टेसन Gare de Lyon”.
८६ यूरो को टिकेट दाईले हातमा दिदै भन्नुभो रातिको ११.१५ को Gare de Lyon बाट Milano Centrale ट्रेन स्टेसन सम्मको
यात्राहो भाई पुग्नसात यो फोन नम्बर मा सम्पर्क गर्नु है, शुभ रात्रि ! टिकेट रात्री सेवाको रहेछ, मेरो जीवनकालको पहिलो लामो रात्रि ट्रेन यात्रा ।
छुक छुक छुक.. रेल गाडी रेल गाडी ..
तेस्रो डिब्बाको “5A” नम्बर को सिट थियो मेरो । झोला
सिट भन्दा माथिल्लो भागमा राखी एक छिन लामो सास फेरे । मलाई
त्यो सिट पत्ता लगाउन सारै नै गारो पारेक थियो । पहिलो
पटक तेस्तो लामो टिकेट हात परेको, ट्रेनको यात्रा पनि पहिलो
पटक नै थियो । गारो त
पर्ने नै भयो । हतास मा
ढोका बाट भित्र छिरे, भित्र सबै यात्रुले मलाइ नै हेरे जस्तो महसुस भयो , सारै
अप्ठ्यारो भयो । ओर्लौ
भने ट्रेन छुट्ने समय भैसकेको छ , नओर्लौ
भने सिट नम्बर पत्ता लगाउन सारै गारो भयो, टुटे फुटेको अंग्रेजीमा
एक यात्रुलाइ सोधे उसले अगाडी जा भनि इसाराले भन्यो । समस्या
मैले अंग्रेजी बोल्नुमा हैन, उसले बुझ्नुमा पनि थियो । जति जति
लाइ सोधे ति सबैले आफ्नै भाषा मा बोल्दै इसाराले बताएका थिए । कस्तो
अचम्म म मात्र भनेको थिए , म जस्ता अंग्रेजी गोर्खे
धेरै भेटे ! यात्रा रमाईलो थियो ।
म संग मेरो document सबै थियो, समस्या पास्सपोर्ट मा Stay Visa सकिएको छ । अब के
हुनेहो केहि थाहा छैन, प्रहरी ले समाते
फ्रान्स तिरै फिर्ता गर्छ भाई, आत्तिनु हुन्न, दाईले भनेका थिए । येतिका
धेरै खर्च गरेर हिडेको छु फेरी फ्रान्स फर्किनु परो भने, सपना अलि धेरै नै बुनेको छु , फेरी फर्किनु परो भने , साइलीलाइ कसरि अनि के भन्ने ?
सकारात्मक भन्दा नकारात्मक सोच बढेर आयो . पुरै शरीर कम्पन्न
भएको छ , डर को यो मनलाई कस्सेरी
बाधी एउटा मात्र सोच बनाको छु “केहि भएमा साइली छदै छे नि”
मेरो कथा
पन्ध्र वर्षकि साइलीलाई उसैको फुपुको घरमा पहिलो पटक देखेको थिए । फुपुको
घरमा राम्रो खाजा खाने व्यवस्था हुन्थ्यो, मलाइ अन्डा र लोकल रक्सि खुब मन पर्ने तेस्मा पनि पाडोको सुकुटी, अनि
तेस्मा पनि पिरो पिरो सादेको, ओहो जति खायो उति मिठो । फुपूको
घरमा गए पिछे चार प्लेट सुकुटी र ठुलो गिलास को छ गिलास मेरो कोटा हो (मेरो र मेरो साथी हरुको रक्सि खाने बानि अलि फरक
छ, रक्सि खाने भने पछी रक्सि नै खाने हो, मात्ने हो, रमाइलो पुरा को पुरा हुनु परो) ।
साइली फुपू को घरमा पानि लिन आउने गर्थिन, गहुगोरो अनि होची कदकि साइली लुंगी र
कालो भेस्ट मा सेक्सी अनि चिटिक्क परेकी देखिन्थिन । पहिलो
पटक , पहिलो नजरमा मनपरो । म माथि
बाट उसलाई पानि भरेको हेरी रहन्थे (नसालु
गिद्दे नजरले) ! तर उसलाई अलिकति पनि थाहा छैन कि म रक्सीको तालमा उसलाई हेरिरहेको छु भनेर ।
को हो ! कहाँ कि हो !! नाम के हो !!! कुन थरको हो !!!! केहि थाहा छैन बस एकहोरो हेरिरहन्थे । अब मेरो
दिन प्रतिदिन बेलुकाको ४ बजे फुपू को छेडी मा रेगुलर बास हुन थालो । मलाइ
साइलीले हासेको सारै राम्रो लाग्ने , हाल्फ़ भेस्टमा सारै राम्री लाग्ने, अझ कालो भेस्टमा ! गोरो पाखुरा देखिने भाकोले होला मलाइ अरु लुगा लगाको फिटिक्कै मन नपर्ने । अनि फुली बिनाको नाक आहा टोकी हालु जस्तो । मलाई
साइली ले पानि भरेको सारै मज्जा लाग्ने झन् माथि बाट हेर्न पाउदा त् ओहो कति हो
कति माया जागेर आउथ्यो । फेरी पानिको धारा म तिर फर्केको माथि बाट हेर्दा सबै देखिने..
हैट.. हे राम .. मलाई थाहा छ यो सब नसा मात्र हो ! रक्सि ले ब्युत्यायको “कु” नजर मात्र हो !! घरि घरि काउकुती लाग्थ्यो !!!
१३ औ दिन बिती सक्दा पनि होसमा बोल्ने अनि हेर्ने आँट गरिन , तेतिका दिन सम्म केवल बेहोसी नजरले मात्र
हेरिरहे जुन मलाई मेरो रक्सीकोलागि सितन बनेको थियो भने भित्र भित्रै आफु लाइ उनकै
हु भनि सम्झी रहन्थे । अब त दिन बितेको पनि पत्तै नहुने । एक दिन
साइली पानिको धारमा नआउदा पुरै रात उज्जालो भाको जस्तो हुने , निन्द्रा फिटिक्कै नलाग्ने, रक्सि जति खायो उति दिक्क लाग्ने ओहो फटट्याक फटट्याक भयो मलाई , कहाँ खोज्न जाउ . एकचोटी हेर्न मात्र पाए पुग्थ्यो मलाई ।
राति को ११ बजे साइली को घर अगाडी आइ पुगे , जता ततै सुनसान मात्र छ , सबै सुतिसकेका , म घरको आगनको ओल्लो छेउ र पल्लो छेउ
५० चोटी भन्दा बढी ओहोर दोहोर गरिरहेको छु मात्र झिनो आसा छ कि साइलीलाइ पिसाब
लाग्यो भने तल ओर्लान्छे कि भन्ने । “मन मनै घरि सारुख खान र काजोल को जोडीलाइ
सम्झिन्छु भने घरि राजेश र करिश्मा को जोडी लाई” । बिहानको
चार बजेछ कसै गरि पनि साइलीलाई देखिएन, म बासस्थान तिर फर्किय ।
भोलि पल्ट अठोट गरे आज बिद्यानस Proposed ठोक्दिन्छु जे होला होला धेरै भने नाइँ भन्ली तर कसरि ? मलाई त नाम नै थाहा छैन झ्याल बाट हेरेको भरमा त हुन्न !
सोध पुछ त गर्नै परो नि । उही
समयमा फुपू को मा पुगे अनि आफ्नो खुराक अर्डर गरे र दिदि साझ मा पानि लिन आउने
नानी को हुन् तपाइको छोरी हो, भनि
सोध्दा हैन बाबु मेरो भदैनी हो दाजुको छोरी साइली, १० मा
पढ्छे भन्नु भो दिदिले । ए ल ल
दिदि सधै साझमा पानि लिन आको देख्छु तेसै ले सोधेको , मेरो खाजा माथि ल्याइदिनु है दिदि, हुन्छ बाबु भन्नु भो !
दुइ गिलास सकियो आजनि पानि लिन आइन साइली, हैन के भो , कतै थाहा पो
पाई कि , ला बर्बाद भो दाजु भाइ लिएर पो आउने हो कि ,
मनमा अनेक कुरा खेल्न थाल्यो । म त्यो
दिन अलि चाडो निस्किए फुपुको घर बाट ।
म हिड्ने बाटोमा पर्थ्यो साइली को घर । उनकै
आगन बाट जानु पर्थ्यो, अगाडी बढ्ने क्रममा
मैले एक्कासी साइलीलाइ कुचो लगाउदै गरेको देखो । डर
एक्कासी बढेर आयो, के गर्ने त्यो बाटो जाउ
या नजाउ ! दुइ गिलास को तागत ले घरको
नजिक गए अनि बाटो क्रस गर्ने क्रममा बोल्न आट आयो । यो सब
येही रक्सि को कमाल थियो तेसैले आज सम्म प्यारो लाग्छ मलाइ ।
मैले सोधे- सुन्नुस त Royal Stag छ, मुख बाट फुत्किहालो, किराना पसल देखि देखि किन रक्सि नै सोध्नु नि , चाउ
चाउ सोध्नु नि ! जवाफमा अगाडी जानुस यहाँ पाइदैन रक्सि, भन्ने
सुन्नेबित्तिकै म हुन्छ भनि कतै नहेरी टापकसे ।
मलाई
जे जे भने पनि के भो र उनीलाई देखे अनि बोले त्यो नै ठुलो कुरा थियो, मन हलुका भयो अनि अलि पर पुगी तिन गिलास थपेको मात्र के थिए Bonjour, Documenti भनि गोरे अग्लो France
सुरक्षा कर्मीले अघिनै देखि बोलाईरहेको रहेछ, थाहा
पाए फ्रान्स र इटाली को border आएको रहेछ , मन काप्न थलो उ मलाई नै हेरिरहेको छ एकहोरो, अघि
मात्र सम्झेको साइली को ति मिठा मिठा यादहरु एक्कासी फु.... गरेझै उडेर गयो ,
रातको करिब २ बजेको थियो । अनि जानी नजानी Oui
(वि) भने र पास्सपोर्ट झिकेर दिए । करिब चार मिनेट सम्म पासपोर्ट र उसको घडी मात्र हेरिरयो एक्कासी
मेरो मुखमा हेरी bonne
journée Monsieur (good day sir) भनि पासपोर्ट फिर्ता दियो , thank
you भनि पुनः झोला
मा राखे । पछी सोचे कसरि फिर्ता गर्यो त? किन येतिका समय
लाग्यो चेक गर्नको लागि । थाहा पाए stay
visa ५ दिनको
सिद्दिए पनि official visa २९ दिनको रहेछ ,
सुरक्षा कर्मीले उसको घडीको date र पासपोर्ट
को official visa हेरेर फिर्ता गरेको रहेछ ,
सम्झे आज को दिन भगवान दाहिने रहेछन ..
फेरी
उही,.. सम्झिए ! साइली का मिठा यादले बचायो मलाई ,
उ संग जोडिएको हरेक सपना , यादहरु किम्ती छन्
मेरो लागि । अप्ठ्यारो होस् या एक्लोपन सधै रक्षक बनि मलाइ साथ दिएको पाएको छु
मैले । आगामी दिन अनि हरेक पल तिम्रो साथ पाईराखु ! “फेरी मिठो कल्पनाको साथमा म , साइली अनि रेलको छुक छुक छुक .......”
“जाड को नसा अनि बेजोड माया सम्भब होला त? हाय.. तिम्रो जवानी”
गोर्खेको कठिन यात्रा अनि बितेका पलको कथा आउने साता ......
गोर्खेको कठिन यात्रा अनि बितेका पलको कथा आउने साता ......
No comments:
Post a Comment