- राजविराज घटना जिल्ला तनावग्रस्त - दर्जनौं पटक भयो झडप चारको मृत्यु , भारदहमा सवारी साधन तोडफोड - newsallabc.com

Breaking

Monday, March 6, 2017

- राजविराज घटना जिल्ला तनावग्रस्त - दर्जनौं पटक भयो झडप चारको मृत्यु , भारदहमा सवारी साधन तोडफोड

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




प्रहरीले चलाएको गोली लागेर सोमबार सप्तरीमा चार जनाको ज्यान गयो । नेकपा एमालेले प्रारम्भ गरेको मेची-महाकाली राष्ट्रिय अभियानलाई बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा एक दर्जन बढीलाई गोली लाग्यो ।

गोली लागेका मध्ये मलेठ गाविस २ का सञ्जन मेहता, मलेठ गाविस ४ का पिताम्बर मण्डल, प्रसवनी गाविसका आनन्द साह र डिमन गाविसका दिगम्बर यादवको ज्यान गएको छ ।
मृतक मध्ये मेहताको घट्नास्थलमै ज्यान गएको हो भने यादव र मण्डललाई उपचारका लागि धरान लग्दै गर्दा र साहको उपचारका क्रममा धरानमै मृत्यु भएको हो ।
सञ्जनको टाउकोमा गोली लागेको थियो भने अन्यको छातीमा गोली लागेको छ ।
घटनामा गोली प्रहारबाट एक जना १२ बर्षीय बालक सुरेन्द्र साहसहित आठ जना घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । घाइतेमध्ये अधिकांशको उपचार धरान र राजविराजमा भइरहेको छ ।
प्रहरीको लाठी चार्जबाट एक दर्जनभन्दा बढी घाइते भएका छन् । सद्भावनाका केन्द्रीय सदस्य भीमराज यादव र दीपेन्द्र चौधरी, क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, सञ्जय यादवसमेत लाठी चार्जबाट घाइते भएका छन् ।
झडपमा परी केही प्रहरी समेत घाइते भएका छन् ।
दर्जनौं पटक भयो झडप
एमालेको सभा राजविराजभन्दा तीन किलोमिटर उत्तर रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र चलिरहँदा बाहिर मोर्चा र प्रहरीबीच झडप भइरहेको थियो । करिब चार घण्टासम्म झडप चलेको थियो ।
एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अभियान औद्योगिक क्षेत्रमा पुगेर शुरु भएपछि अभियान झन् तिब्र बनेको थियो । नेता माधव नेपाल बोलिरहँदा अश्रु ग्यास र हवाई फायर शुरु भएको थियो । मान्छेलाई नै लक्षित गरी प्रहरीले गोली चलाउनु अघि करिब दुई सय राउण्ड अश्रु ग्यास र एक सय राउण्ड हवाई फायर गरिएको थियो ।
प्रदर्शनकारीले प्रहार गरेको ढुँगा लागेर चार जना प्रहरी घाइते भएपछि प्रहरी कडा रुपमा प्रस्तुत हुँदै गोली चलाउन शुरु गर्‍यो । प्रहरीले गोली चलाउँदा कसैको पेट, कसैको टाउको र शरीरको अन्य भागमा गोली लाग्यो ।
झडपका क्रममा शुरुदेखि नै सप्तरीमा एमालेको कार्यक्रम हुन नदिने अडान लिएको मधेसी मोर्चाले दिउँसो दुई बजेसम्म राजविराजमा र त्यसपछि औद्योगिक क्षेत्रमा प्रदर्शन गर्न शुरु गरेको थियो । औद्योगिक क्षेत्रदेखि दुई सय मिटर आसपास क्षेत्रमा प्रहरी परिचालन भई आवतजावतमा रोक लगाइएको थियो । प्रहरीले रोक लगाएपछि मोर्चा नेता/कार्यकर्ताहरुले औद्योगिक क्षेत्र अगाडिको गहुँ खेतमा गएर कालो झण्डासहितप्रदर्शन गरिरहेका थिए ।
प्रदर्शन गर्ने क्रममा प्रहरीले लाठी चार्ज गरेका थिए भने प्रदर्शनकारीले माटाका डल्ला फ्याँक्ने क्रम दर्जनौं पटक चल्यो । भित्र कार्यक्रम भइरहँदा झडप धेरैपटक भइसकेको थियो । कार्यक्रम सकिनै लाग्दा प्रहरीले गोली चलाउन शुरु गर्‍यो । एमालेको कार्यक्रम चलिरहँदा झडप भइरहे पनि अवस्था भयावह बनिसकेको थिएन ।
सप्तरी प्रवेश गर्नुअघि एमालेले आफूहरु संयमित भएर सभा गर्ने जनाएको थियो । यहाँसम्म एमालेको अभियान आउँदा कार्यकर्ताहरु संयमित नै थिए । अभियानमा आउने बेलासम्म मोर्चा कार्यकर्ताहरु लगभग गलिसकेका थिए । यसअघि नै मोर्चाका मुख्य नेताहरुलाई प्रहरीले गिरफ्तार गरिसकेका कारण प्रहरीसँग झडप गरिरहेका कार्यकर्ताहरु घर फर्किने सुरमा थिए ।
स्थिति लगभग सामान्यजस्तै बनिसकेको थियो । मोर्चा कार्यकर्ताहरु एकै ठाउँमा बसिरहेका थिए । त्यही क्रममा प्रहरी भएतिरबाट तीन/चार जनाको संख्यामा मोर्चा कार्यकर्ता भएतिर ढुंगा हान्न शुरु गरियो । प्रहरीतिरै रहेका एमाले कार्यकर्ताहरुले एक्कासी ढुँगा फ्याँक्न शुरु गरेपछि मोर्चा कार्यकर्ताहरु आक्रोशित भए ।
एमाले कार्यकर्ताहरुले करिब पाँच मिनेटसम्म मोर्चातिर ढुंगा हानेपछि प्रहरीले केहीलाई साइड लगायो । तर, पनि एमाले कार्यकर्ताहरुले ढुंगा प्रहारलाई निरन्तरता दिए ।
झडपस्थलमा रहेका सञ्चारकर्मीहरुले प्रहरीको संरक्षणमा मास्क लगाएर आएका एमाले कार्यकर्ताहरुले ढुंँगा फ्याँकेका दृश्यहरु क्यामेरामा कैद गरेका छन् ।
प्रहरीको पुरानै कुरा
प्रहरीले घटनाको कुनै अनुसन्धान नै नगरी प्रदर्शनकारीबाट पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनुपरेको उल्लेख गरेको छ । पूर्वाञ्चलका डीआइजी रमेश भट्टराईले बिराटनगरबाटै यस्तो प्रतिक्रिया दिएका छन् ।
मोर्चा नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले प्रहरीले मोर्चालाई बदनाम गर्न यस्तो आरोप लगाएको बताए । उनले प्रहरीलाई यो कुरा प्रमाणित गरेर देखाउन चुनौति दिए ।
पानी फोहरा दिने गाडी देखाउन मात्रै

एमालेको अभियानसँगै सुरक्षाकर्मीले पानीको फोहरा दिने गाडी समेत मगाएको थियो । झडप भइरहेकै ठाउँमा यो गाडीलाई उभ्याएको थियो । तर, झडप भइरहँदा यो गाडीको प्रयोग प्रहरीले गरेनन् । एमाले कार्यकर्ताले ढुँगा फ्याँकेपछि तिब्र बनेको झडपमा प्रहरीले एक्कासी अश्रु ग्यास प्रहार शुरु गरेको थियो । यसपछि हवाई फायर र व्यक्तिलाई ताकेरै गोली चलायो ।

आयोग पदाधिकारीले सुने भाषण !
एमालेको अभियानसँगै राष्ट्रिय मानवअधिकार आयोगका पनि चार जना प्रतिनिधि सप्तरी आएका छन् । भित्र कार्यक्रम चलिरहेको र बाहिर झडप भइरहेको अवस्थामा ती प्रतिनिधिको काम के हुन्थ्यो ? यो प्रश्नको उत्तर शायद यही हुनुपर्छ कि झडपको अनुगमन गर्नुपर्‍थ्यो । तर, ती आयोगका प्रतिनिधिहरुले झडपको सुइँकोसम्म पाएनन् । उनीहरु एमाले नेताहरुको भाषण सुन्न व्यस्त भए ।
घटनापछि जिल्ला तनावग्रस्त, भारदहमा सवारी साधन तोडफोड
चारजनाको ज्यान जाने गरी भएको घटना पश्चात सप्तरी जिल्ला तनावग्रस्त बनेको छ । व्यक्तिको ज्यान जानेबित्तिकै तीनवटा मोटरसाइकल घटनास्थलमै जलाइएका छन् । जलेका दुईवटा मोटरसाइकलको नम्बर फेला पर्न सकेको छैन । अर्काे स.४प ६०७२ नम्बरको स्कुटीमा आगजनी भएको छ ।
उता भारदहमा दुई दर्जनभन्दा बढी सबारीसाधनलाई तोड्फोड गरिएको छ । आक्रोशित रहेका मोर्चा कार्यकर्ताहरुले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुई दर्जन सवारीसाधन तोडफोड गरेका छन् ।
घटनापछि अब के गर्ने ? भन्ने सन्दर्भमा मधेशी मोर्चाका नेता/कार्यकर्ताहरु राजविराजमा छलफल गरिरहेका छन् । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167