Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मधेसी मोर्चाको दोहोरो चरित्र, जिल्लामा दल दर्ता,
केन्द्रमा नगर्ने
सरकारलाई समर्थन गरेर पनि प्रतिपक्षी दलको जस्तो भूमिका रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दल दर्तामा पनि दोहोरो चरित्र देखाएको छ । स्थानीय तह निर्वाचनका लागि केन्द्रमा दल दर्ता गरेको छैन भने तराई–मधेसका साथै केही पहाडी जिल्लामा भने मोर्चा आबद्ध दलले दल दर्ता गराएका छन् ।
मोर्चाले आफ्ना माग पूरा नभएको भन्दै निर्वाचनमा सहभागी पनि नहुने र निर्वाचन पनि हुन नदिने धम्की दिइरहेको छ । तर, जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेपछि स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन कुनै बाधा पर्दैन ।
संविधान संशोधन गरेर माग पूरा नभएको निष्कर्ष निकाल्दै मधेसी मोर्चामा आबद्ध ६ वटा दलले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा दल दर्ता गराएनन् । तर, तिनै दलहरूले जिल्ला र क्षेत्रमा दल दर्ता गराएको निर्वाचन आयोगका सूचना अधिकृत सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
‘मधेसी मोर्चामा रहेका दलहरूले केन्द्रमा दल दर्ता गराउनुभएको छैन, तर जिल्ला र क्षेत्रमा दल दर्ता भएको छ,’ अर्यालले राजधानीसँग भने, ‘केन्द्रमा नगराए पनि जिल्ला र क्षेत्रमा दर्ता भएका दलले निर्वाचनमा भाग लिन बाधा उत्पन्न हुनेछैन ।’
मोर्चामा रहेका दलले जिल्ला र क्षेत्रमा दल दर्ता गराएपछि उनीहरूले निर्वाचनमा भाग लिन सक्छन् । संविधानमा भएको व्यवस्थाबमोजिम कुनै पनि दलले यो सुविधा पाउने अर्यालले बताए ।
यता मधेसी मोर्चाका नेताले निर्वाचनमा सहभागी हुँदैनौं भन्दै केन्द्रमा दल दर्ता गराएनन् । मोर्चामा रहेका संघीय समाजवादी फोरम नेपालबाहेकका राजनीतिक दलले केन्द्रमा दल दर्ता गराएका छैनन् ।
मोर्चामा आबद्ध सद्भावना पार्टीका महासचिव मनीष सुमनले मोर्चाको माग पूरा नभएको भन्दै निर्वाचनमा सहभागी नहुने बताए । बिहीबार काठमाडौंमा उपलब्ध पार्टीका केन्द्रीय सदस्यहरूको बैठकले आन्दोलनको तयारी गर्ने र आन्दोलनका कडा कार्यक्रम ल्याउन मधेसी मोर्चालाई सुझाव दिने निर्णय भएको उनले बताए ।
तर, बैठकमा सरकारलाई दिइएको समर्थन फिर्ता लिनेबारे निर्णय नभएको उनले बताए । सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा गम्भीर छलफल भएको तर निर्णय गर्न बाँकी रहेको उनको भनाइ छ । मधेसी मोर्चाले सीमांकन हेरफेरसहित संविधान संशोधन नभए निर्वाचनमा नजाने र निर्वाचन पनि हुन नदिने चेतावनी दिँदै आएको छ । चेतावनीका साथै उनीहरूले आन्दोलन पनि गर्दै आएका छन् ।
फोरम नेपालका महासचिव रामसहाय यादवले संशोधन विधेयक परिमार्जनसहित पारित नभएकाले निर्वाचनमा नगई आन्दोलनको तयारी गरिरहेको बताए । तर, फोरम नेपाल भने निर्वाचन आयोगको केन्द्र, जिल्ला र क्षेत्रमा पनि दल दर्तागराएको छ ।‘हामी निर्वाचनमा जाँदैनौं, सशक्त आन्दोलनको तयारीमा छौं,’ यादवले भने, ‘माग पूरा नभई हुने निर्वाचन जनताले हुन दिँदैनन्, निर्वाचन असफल हुन्छ ।’सरकारलाई समर्थनसहित आन्दोलन पनि गर्ने र निर्वाचनमा भाग नलिने भन्दै आयोगमा दल पनि दर्ता गराउने मोर्चाको दोहोरो चरित्रका कारण आलोचना पनि भइरहेको छ ।
२० फाल्गुन ।
No comments:
Post a Comment