सुनकाण्डमा समातिएका एसएसपी खत्री २ लाख धरौटीमा छुटे, सुन तस्करहरुसँग एसएसपी खत्रीको सम्वन्ध - newsallabc.com

Breaking

Friday, March 17, 2017

सुनकाण्डमा समातिएका एसएसपी खत्री २ लाख धरौटीमा छुटे, सुन तस्करहरुसँग एसएसपी खत्रीको सम्वन्ध

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



काठमाडौं । त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी काण्डमा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्री धरौटीमा छुटेका छन् । न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीसहित ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । अदाततले एसएसपी खत्रीसँग जम्मा २ लाख रुपैयाँ धरौटी मागेको थियो ।

उनी रकम बुझाएर शुक्रबार नै छुटेका छन् । सुनकाण्डमा मुछिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विमानस्थल सुरक्षा प्रमुख एसएसपी खत्रीलाई माघ २३ गते पक्राउ गरेको थियो । त्यसअघि उनी हेडक्वाटर तानिएका थिए ।
खत्री विमानस्थलको सुरक्षा प्रमुख रहेकै बेला दुबईबाट आएको सुन विमानस्थलबाट बाहिरिएको थियो, जसलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रमा सुन तस्करहरुसँग एसएसपी खत्रीको सम्वन्ध देखिएको सीआईबीको दाबी थियो ।
तर, उनी धरौटीमा छुटेका छन् । यस्तै सपन श्रेष्ठ, सुनिल श्रेष्ठ, राजेश शाक्य र मनोज श्रेष्ठ पनि एक-एक लाख धरौटी बुझाएर छुटेको अदालतले जनाएको छ ।
७ जनालाई भने पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सीआईबीले सुन तस्करी काण्डमा ३३ जनाविरुद्ध मुद्धा चलाएको छ, जसमध्ये २१ जना अझै फरार छन् ।
सुन तस्करहरुसँग एसएसपी खत्रीको सम्वन्ध 
३३ किलो सुनकाण्डमा मुछिएर थुनामा रहेका एसएसपी श्याम खत्रीले श्रीमतीका नाममा सुन पसल दर्ता गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । साथै उनले साडी पसलमा ब्याजमा पैसा लगाएको समेत प्रहरीले पत्ता लगाएको छ । खत्रीको बैंक खाता भने अझै सार्वजनिक भइसकेको छैन ।
एसएसपी खत्रीसहित ३३ जनाविरुद्ध मुद्दा चलाएको सीआइबीले १२ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका सबैको सम्पति विवरण खोजी भैरहेको हो ।
यसअघि सीआइबीले भन्सार कर्मचारी र व्यपारीहरुको अस्वभाविक बैंक कारोवार संकलन गरिसकेको छ । तर, एसएसपी खत्री भने केही समयपछि पक्राउ परेकाले उनको बैंक विवरण आइसकेको छैन ।
सीआइबी स्रोतका अनुसार खत्रीको बैंक कारोवारबारे राष्ट्रबैंक मार्फत विवरण मागिएको छ । त्यस्तै उनको अन्य घर जग्गा तथा सम्पतिका बारेमा पनि मालपोत कार्यलयदेखि अन्य निकायसँग पनि विवरण माग भैसकेको सीआइबीले जनाएको छ ।
सुन तस्करीलाई साथ दिएको आरोपमा पक्राउ परेका खत्रीले तीन वर्ष अगाडि नै श्रीमतीका नाममा सुन पसलको लाइसेन्स लिएको भने अनुसन्धानबाट खुलेको छ ।
भूमिगत अलंकार इन्टरप्राइजेज !
सीआइबीको अनुसन्धानका क्रममा एसएसपी खत्रीले श्रीमतीका नाममा सुन पसल दर्ता गराएको खुलेको हो । उनले श्रीमतीका नाममा करिब चार वर्ष अघि सुन पसल दर्ता गराएका थिए । ‘अलंकार इन्टरप्राइज’ नामको गहना तथा सुन पसलका लागि अनुमति लिए पनि उक्त सुन पसल भने कतै भेटिएको छैन ।
एसएसपी खत्रीले सुन माफियासँग सम्बन्ध बढेपछि नै उक्त सुन पसल दर्ता गराएको हुन सक्ने सीआईबीको अनुमान छ । श्रीमतीका नाममा लाइसेन्स लिएको भए पनि सञ्चालनमा नल्याइकन तीन वर्ष अघि नै रवीन्द्र केसीलाई विक्री भएको देखिएको छ ।
एसएसपी खत्रीले एकजना साडी व्यापारीलाई १७ लाख रुपैंया ब्याजमा लगानी गरेको पनि भेटिएको छ । न्युरोडमा सञ्चालित रितु इन्टरप्राइजेका सञ्चालकलाई लगानी गरेको १७ लाखको स्रोत नदेखिएको सीआईबीले जनाएको छ ।
खत्रीले उक्त पैसा महिनाको २ प्रतिशतका दरले ब्याजमा लगाएका थिए । तर, ब्याज बढाएर तीन प्रतिशत पुर्‍याएपछि व्यापारीले खत्रीको पैसा फिर्ता गरिदएको भेटिएको छ । ‘१७ लाखको भने स्रोत खुलेको छैन, सुन पसल किन दर्ता गराएर विक्री गरे भन्ने पनि खोजी भैरहेको छ,’ सीआइबी स्रोतले भन्यो, ‘त्योबाहेक उनको के के छ सम्बन्धित निकायसँग माग भएको छ ।’
थुनछेक जारी
सरकारी वकिलले सुनकाण्डका आरोपीविरुद्ध संगठित अपराध अन्र्तगत मुद्दा दायरा गरेको छ । पक्राउ परेका १२ जनासहित ३३ जनाविरुद्ध परेको मुद्दामाथि थुनछेक बहस चलिरहेको छ ।
जिल्ला अदालत काठमाडौंमा भैरहेको बहसमा शुक्रबार सरकारी वकिल र प्रतिवादीका तर्फबाट केही वकिलहरुले बहस गरेका थिए ।
प्रतिवादीहरुका तर्फबाट २४ जना वकिल बहसमा सहभागी छन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167