Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाली क्रिकेट टोलीले आफ्नो घरेलु मैदानमा पहिलो पटक विश्व क्रिकेट लिग च्याम्पियनसीपको म्याच हारेको छ । अफ्रिकी टोली केन्याले नेपाललाई ५ विकेटले शनिवार त्रिवि क्रिकेट मैदानमा हराउनुको मुख्य कारण बन्यो, घरेलु टोलीको कमजोर ब्याटिङ ।
सन् २००३ को विश्वकपको सेमिफाइनलसम्म पुगिसकेको केन्याका ब्याट्सम्यानलाई नेपाली बलरहरूले कडा चुनौती दिएका थिए तर पनि उनीहरु सम्हालिएर खेले र आफ्नो टोलीलाई जित दिलाए । हारसँगै नेपाली टोली नयाँ रणनीति बनाउन जुटेको छ भने केन्या अर्को जितको खाका बुन्दै छ ।
विश्व क्रिकेट लिगमा केन्याले अहिलेसम्म खेलेको ९ म्याच मध्ये ४ मा मात्र हार बेहोरेको छ (२ पटक पीएनजीसँग र यूएइ र हङकङसँग १-१ पटक) । मात्र ४ खेल हेरेर केन्याली टोलीले पूरै आँकलन गर्न नसकिए पनि अहिलेसम्म उसका हारका केही कारणहरु केलाउन भने सकिन्छ ।
१. कप्तान पटेललाई सस्तैमा समेट्नु
केन्याले लिगमा अहिलेसम्म हारेका खेलहरूमा कप्तान रकिप पटेल ४० रन नबनाउँदै आउट भएका छन् । यूएइसँगको खेलमा १०, पीएनजीसँग ३९ र ०, अनि हङकङसँग ३३ रन बनाएका रकिपले नेपाल विरुद्ध अविजित ३४ रन जोडेका थिए । केन्याले गुमाएका खेलहरू मध्ये २ मा उनी तीव्र गतिका बलरको सिकार भएका थिए भने एकमा स्पिनरको ।
२. माथिल्लो क्रमका विरूद्ध तीव्र गति
केन्याले हारेको ३ म्याचमा मध्यम तथा तीव्र गतिका बलरहरूले पहिलो विकेट झारेका थिए र पछि स्पिनरहरू आएर ‘टेल’ को विकेट लिएका थिए । यूएइले केन्यालाई हराउँदा, मन्जुला गुरुज र मोहम्मद नाभिदले माथिल्लो क्रमको विकेट लिएका थिए भने पीएनजीका लागि नोरमन भानाउ र जन रेभाले सोही काम गरेका थिए । हङकङसँग भने स्पिनरहरुले सुरुवाति सफलता दिलाएका थिए ।
३. ‘टेल’ माथि प्रहार
केन्याले हारेका म्याचहरू हेर्दा टोलिको ‘टेल’ लामो भएको देख्न सकिन्छ । सुरुवाती ५-६ ब्याट्सम्यान चाँडै आउट हुँदा तल्लो क्रमका ब्याट्सम्यान धेरै बेर टिक्न नसक्ने देखिएका छन् र एउटा राम्रो स्पिनरले टोलीलाई चाँडै नै प्याक गर्न सक्छ । केन्याला हारेको ४ खेलमा उसका पुछारका ५ ब्याट्सम्यानहरूमा कसैले पनि १४ रन भन्दा बढि बनाउन सकेका छैनन् (ओधीयाम्बोले नं ७ मा आएर यूएइ विरुद्ध बनाएको ६२ रन बाहेक) ।
४. रनको गतिलाई रोक्नु
केन्याले जित्न नसकेका खेलहरूमा रन रेट घट्दा विकेट झरेका छन् । उदाहरणका लागि: यूएइसँगको खेलमा रनमा ब्रेक लागेपछि केन्याका शुरुवाती ब्याट्सम्यानहरू मोरिस ओउमा र इरफान करिम एलबिडब्लू र बोल्ड भएका थिए । पिएनजीले पनि यसरी नै पहिलो विकेट झारेको थियो । हङकङसँगको खेलमा केन्याले छैटौ ओभरदेखि खुलेर रन बनाउन सकेन र १३औ, १४औ, १५औ र १७औ ओभरमा लगातार विकेटहरू गुमायो ।
क्रिकेट एउटा जटिल खेल हो र हरेक टोलीले एक अर्काको कमजोरीको आँकलन गरेको हुन्छ । कुनै पनि साधारण विश्लेषणले सबै कुरा समेट्न सक्दैन । त्यसमाथि विकेटको अवस्थाले पनि खेलमा धेरै असर पार्नेछ । यति भनिरहँदा, के पनि बिर्सिन हुँदैन भने, सोमबार नेपाली टोलीले आफ्नो ब्याटिङ सुधार्नै पर्नेछ ।
No comments:
Post a Comment