Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
संशोधन प्रस्ताव निर्णायार्थ पेश भए सरकारबाट बाहिरिन्छाैं: उपप्रधानमन्त्री थापा
उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन प्रस्तावलाई यथास्थितिमा संसदमा निर्णायार्थ पेश गरे आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रस्तावको विपक्षमा मतदान गर्ने स्पष्ट पारेका छन्।
थापाले आफ्नो पार्टी संविधान संशोधन प्रस्तावमा कुनैपनि द्विविधा र अस्पष्ट नरहेको बताए। उनले भने,‘हाम्रो पार्टी यो संशोधन प्रस्तावको विपक्षमा छ, यसको विपक्षमा मतदान गर्छ। तपाईहरु ढुक्क हुनुहोस्, अझ यो प्रस्तावलाई पारित गराउनका लागि सरकारले सदनमा निर्णायर्थ पेश गर्यो भने हामी त्यतिखेर सरकारबाट बाहिरिएर, सबै मन्त्रीहरुले राजिनामा दिएर प्रस्तावको विपक्षमा मतदान गर्छौं।’
राप्रपाका अध्यक्षसमेत रहेका मन्त्री थापाले आफ्नो पार्टीको संविधान संशोधन प्रस्तावबारे पूर्ववर्ती अडानमा कुनैपनि परिवर्तन नभएको जिकिर गरे। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘प्रस्तावबारे पहिला जे अडान थियो, अहिलेपनि त्यही छ, म सरकारमा सहभागी हुँदैमा हाम्रो पार्टीको नीतिमा कुनैपनि परिवर्तन भएको छैन, अहिले संसदमा रहेको संविधान संशोधन प्रस्ताव पारित हुनुहुँदैन भन्ने पक्षमा हामी छौं।’ उनले संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी नरहेको र यसको पक्षमा मतदान नगर्ने भनेर भनिसकेकोले अब कति पटक भन्नुपर्ने भन्दै प्रश्न तेर्साए।
थापाले मधेस केन्द्रित दलहरुको माग पूरा गर्नको लागि आफू मन्त्री भएको दिनदेखि नै वार्ता तथा छलफललाई अघि बढाइसकेको जानकारी दिए। उनले भने,‘म मन्त्री भएको दुई दिन भयो, तर मैले मन्त्री भएकै दिनदेखि मधेश केन्द्रित दलहरुको माँग पूरा गर्नको लागि विशेष तयारी गरिसकेको छु, उहाँहरुसँगको छलफल तथा वार्तालाई तिव्रता दिएको छु, वार्ता भनेको गोप्य हुनुपर्छ, कसैलाई क्यामेरामा देखाएर बोल्ने कुरा होइन, आज वार्ता सफल हुन नसक्नुको कारण नै पब्लिसिटी गर्ने चलन भएकोले हो, यसले बैठकमा भएका कुराहरुलाईपनि बाहिर ल्याउने र छताछुल्ल पार्ने काम भएको छ, यसले वातावरण बनाउनुको सट्टा बिगारेको छ।’ उनले आफूले पहल गरेको वार्ता सफल हुनेमा विश्वस्त रहेको स्पष्ट पारे।
उनले आफूहरु चुनावको सुनिश्चितताका लागि मात्रै सरकारमा सहभागी भएको स्पष्ट पारे। थापाले अब बैशाख ३१ गते नै निर्वाचन हुनेमा कसैले पनि कुनै शंका उपशंका गर्न नहुने बताए। उनले भने,‘निर्वाचन सम्पन्न गर्नको लागि युद्धस्तरमा काम भैरहेको छ, निर्वाचन आयोगलाई सबै सामाग्री जुटाइदिन्छौं।’ उनले भने,‘चुनाव निश्चित रुपमा हुन्छ, अब सबैलाई चुनावमा जुट्न म आग्रह गर्छु।’
No comments:
Post a Comment