चर्चित गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रीय सचिव कृष्ण रेउलेले गायिका सम्झना लामिछाने मगरलाई स्वरमा साथ दिएका छन् । सम्झना डिजीटल प्रा.लि द्वारा बजार ब्यवस्थापन गरिएको तथा कृष्ण रेउले र गायिका सम्झनाको स्वरबद्ध रहेको उक्त गितको लय किरण अधिकारीको रहेको छ भने शब्द कमल क्षेत्रिले सृजना गरेका हुन् ।
सोही गितको भिडियो तर्फ सु- युनिक जिम्बाले निर्देशन गरेका छन् । छायांकन हरी न्यौपाने र सम्पादन गिरिष रिजालले गरेका हुन् । सुरिलो स्वरमा सजिएको गितमा चर्चित मोडल रश्मी तामाङ, पुष्कर अर्याल र सोही गितका गायक कृष्ण रेउलेले पनि अभिनय गरेका छन् । बिगतका बर्ष हरुमा भन्दा यस बर्ष सम्झना लामिछानेको गितहरु बजारमा धेरै भित्रिन थालेका छन् ।
गित र भिडियो हेर्न तल क्लिक गर्नुहोला
No comments:
Post a Comment