Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाली सेनाका रथी पूर्णचन्द्र थापा 'अभ्यास शान्ति प्रयास–३' को सिलसिलामा नेपाल आएका अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डका अडमिरल ह्यारी बी. ह्यारिस जेआरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै । तस्विर: सैनिक जनसम्पर्क निर्देशनालय ।
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा काम गर्दा सहज होस भन्ने हेतुले आयोजना गरिने बहुराष्ट्रिय शान्ति प्रयास–३ प्रशिक्षण नेपालमा सोमबारबाट सुरू हुँदैछ ।
नेपाली सेनाले तेस्रो पटक आयोजना गर्न लागेको उक्त प्रशिक्षणमा २८ मुलुकका १ हजार २४ सैनिक प्रशिक्षार्थी र प्रशिक्षक सहभागी हुने छन् । प्रशिक्षणको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् ।
उक्त काभ्रेको पाँचखालस्थित वीरेन्द्र प्रशिक्षण केन्द्रमा चैत ७ देखि २१ सम्म चल्ने छ । शान्ति प्रयास–३ प्रशिक्षणले नेपाल र नेपालसँगै शान्ति मिसनमा काम गर्ने मुलुकका सैनिकहरूसँग भविष्यमा काम गर्न सहज हुने केन्द्रका प्रमुख तथा महासेनानी प्रयोग जंग राणाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । नेपालले यसअघि सन् २००० मा पहिलो र त्यसपछि २०१३ मा बहुराष्ट्रिय शान्ति प्रयास प्रशिक्षण गरेको थियो ।
नेपालमा सन् २००० मा सुरु भएपछि बंगलादेश, इन्डोनेसिया, थाइल्यान्ड, श्रीलंकालगायतका मुलुकहरूले हरेक वर्ष विभिन्न नाममा यस्तै खाले प्रशिक्षण गर्ने गर्छन् ।
प्रशिक्षणमा नेपालसहित, बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, श्रीलंका, भियतनाम, बोस्निया हर्गोज्निया, घाना, रुवान्डा, जोर्डन, काजकिस्तान, पाकिस्तान, पाराग्वे, फिजी, मेक्सिको र उरुग्वे छन् । साथै, अस्ट्रेलिया, क्यानडा, जापान, न्यूजिल्यान्ड, दक्षिण कोरिया, बेलायत र अमेरिकी सैनिक समेत प्रशिक्षणमा सहभागी छन् ।
नेपाली सेनाले व्यवस्थापनको पूर्ण व्यवस्था गरे पनि यसको प्रशासन र आर्थिक पक्ष नेपाली सेना र अमेरिकी प्यासिफिक कमान्डले बेहोर्ने छ ।
No comments:
Post a Comment