तयारी र अजेन्डाबिनै प्रधानमन्त्रीको भ्रमण - newsallabc.com

Breaking

Thursday, March 23, 2017

तयारी र अजेन्डाबिनै प्रधानमन्त्रीको भ्रमण

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



तयारी र अजेन्डाबिनै प्रधानमन्त्रीको भ्रमण



प्रधानमन्त्री पुष्पकमल दाहाल तयारी र अजेन्डाबिनै बिहीबार तीनदिने चीन भ्रमणमा निस्कँदै छन्। बोआओ फोरमको सम्मेलनमा भाग लिन १५ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन प्रस्थान गर्ने प्रधानमन्त्री दाहालले 'साइड लाइन' भेटवार्तामा कुनै प्रकारको सम्झौता हुनेछैन।
भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयमा बुधबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रकाशशरण महतले भ्रमणक्रममा कुनै नयाँ सम्झौता नहुने बताए।
उनले केही विषयमा सम्झौता तयारी चरणमा रहे पनि चिनियाँ पक्षका कारण कुनै सम्झौता नहुने 'प्राविधिक' अवस्था रहेको बताए।
'प्रधानमन्त्री पुष्पकमल दाहाल चीनमा रहँदा चिनियाँ प्रधानमन्त्री र परराष्ट्रमन्त्री अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणमा हुनुहुनेछ। अहिले नै सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने अवस्था छैन तर हाम्रो गृहकार्य अलमोस्ट (करिब–करिब) भइसकेको छ', महतले भने, 'यस विषयमा हामीले चिनियाँ पक्षलाई पनि जानकारी गराइसकेका छौं। नियर फ्युचर (निकट भविष्य) मा यो विषयमा सम्झौता समझदारी हुने र दुई देशबीच सहयोगको सम्बन्ध विस्तार हुने पूरा विश्वास लिएका छौं।'
दाहाल नेतृत्वको सरकारमाथि भने चीनसँग यसअघि भएको सम्झौता अघि बढाउनै नचाहेको आरोप लाग्दै आएको छ।
चीनसँग कुनै प्रकारको सम्बन्ध अघि बढाउन सरकार अनिच्छुक भन्ने आलोचनाको खण्डन गर्दै परराष्ट्रमन्त्री महतले 'ऊर्जा सहकार्य, लगानी, सीमापार आर्थिक क्षेत्र निर्माणको सम्झौता अन्तिम अवस्थामा रहेको जानकारी दिए।
महतले 'वान बेल्ट वान रोड' को विषयमा पनि द्विपक्षीय दस्तावेज आदानप्रदान भइरहेको जनाए।
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी. जिनपिङबीच बेइजिङमा हुने भने पनि शनिबार वा आइतबार कहिले भेट हुने हो भनेर टुंगो लागेको छैन। परराष्ट्रमन्त्री महतले पनि भेटको मिति र समय खुलाउन चाहेनन्।
'चिनियाँ राष्ट्रपतिसँग बेइजिङमा भेट गर्ने कार्यक्रम छ', उनले भने, 'त्यस अवसरमा द्विपक्षीय सम्बन्ध अझै सुदृढ गर्ने, कनेक्टिभिटी, रेलवे, सडक, ट्रान्समिसन लाइन, व्यापारसहित समग्र विषयमा छलफल हुनेछ।'
त्यसैगरी, उनले लगानी, व्यापार पारवहनलगायत विषयमा द्विपक्षीय छलफलबाट गर्नुपर्ने दृष्टिकोण रहेको छ। दुवै देशबीच थप नाका खुलून्, भएका नाका पनि बाटाहरुको विस्तार हुन् जानकारी दिए।
चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तोसमेत दिने महतले बताए।
यसअघि, चीनको हाइनानमा हुने बोआओ फोरममा सम्मेलनमा नेपाली शीर्ष अधिकारीको सहभागिता रहने गरे पनि साइडलाइन भेटवार्तामा विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर हुने गरेको थियो।
अघिल्लो सरकारले सम्झौतासमेत अघि नबढाएको भन्दै सरकारको आलोचना भइरहेको समयमा भ्रमण हुन लागेको हो।
दाहाललाई ढिलो गरी निम्तो आएको र त्यसको कारण तयारी गर्न नपुगेको हो भनी सोधिएको प्रश्नमा परराष्ट्रमन्त्री महतले तयारी पहिलेदेखि नै चलिरहेको बताए।
यसअघि, चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल सम्बन्धी सम्झौता, चीनले अघि सारेको 'वान बेल्ट वान रोड', विषयमा 'साइलेन्टली काम' गरिरहेको बताए।
परराष्ट्रमन्त्री महतले कोदारी नाका सञ्चालनका लागि चिनियाँ पक्षबाट प्रतिबद्धता आएको बताए।
'कोदारी र रसुवागढीमा बाह्रै महिना सञ्चालन हुने गरी चल्न सक्ने गरी फराकिलो बाटो निर्माणको विषयमा कुराकानी भइरहेको छ। कोदारी नाका खोल्ने विषयमा चिनियाँ पक्षबाट प्रतिबद्धता आइसकेको छ। यस विषयमा पनि हामी (भ्रमण) मा चर्चा गर्नेछौं', उनले भने, 'ट्रान्जिट प्रोटोकलबारे पनि करिब–करिब हाम्रो तयारी पूरा भएको छ। चिनियाँ पक्षले टिप्पणी आएपछि त्यो पनि टुंगिन सक्छ।'
सरकारले गरिरहेको काम नदेखेर आलोचना भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए।
'नेपालमा तयारी भएको छैन भन्ने विषयमा कुनै सत्यता छैन। त्यस विषयमा हामी गम्भीर छौं। पूर्ण तयारीसाथ लागिपरेका छौं। त्यसैअनुसार यहाँहरुले बुझिदिन अनुरोध गर्छु', उनले भने, 'कार्यान्वयन बाटोमा अघि बढ्न यो भ्रमणले मार्गप्रशस्त गर्छ।'
उनले भन्नु र गर्नुबीच फरक रहेको बताए। 'दुई देशको बीचमा रेल सुरु गछर्ौं, सडक बढाउँछौं भन्नु एउटा विषय हो, त्यसलाई कार्यान्वयन गरेर रेल नै दौडााउनु अर्को', महतले भने, 'रेल दौडाउने विषय धेरै कठिन हो र धेरै चरणमा काम गर्नुपर्छ, यो हामीले बुझिराख्नुपर्छ, सर्वेक्षण, डिपिआर, कुन मोडालिटीमा रिसोर्सेज आउने हो, कसले कसरी गर्ने हो, सरकारी स्तरमा गर्ने हो कि निजी स्तरले, अनि निर्माणको चरणमा जान्छ।'
चीनले सन् २०२० सम्ममा नेपालको उत्तरी नाका केरुङसम्म रेल ल्याउने योजनासाथ काम गरिरहेको छ। त्यसबाट नेपाली पक्षले पनि फाइदा लिनुपर्ने र काठमाडांैसँग त्यसलाई जोडिनुपर्ने आवाज उठ्दै आएको छ। तर त्यस विषयमा तयारी अघि बढ्न सकेको छ।
बोआओ फोरम फर एसियाका महासचिव झोउ वेन्झोङको निमन्त्रणमा चारदिने चीन भ्रमण जान लागेका प्रधानमन्त्री दाहालले 'ग्लोबलाइजेसन एन्ड फ्री ट्रेड एसियन प्रस्पेटिक्भ' विषयमा सम्बोधन गर्नेछन्। बोआओबाट शनिबार दाहाल बेइजिङ जाने मन्त्रालयले जनाएको छ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167