बहुमुखी क्याम्पसमा झडप, दुई प्रहरी सहित २६ घाइते - newsallabc.com

Breaking

Thursday, March 2, 2017

बहुमुखी क्याम्पसमा झडप, दुई प्रहरी सहित २६ घाइते

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



कैलाली वहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोज्दा नेकपा माओवादी केन्द्र निटक अखिल क्रान्तीकारी र प्रहरीबीच झडप भएको छ। प्रहरीले लाठी चार्ज गरेपछि २४ जना विद्यार्थी घाइते भएको अखिल क्रान्तीकारी कैलालीका अध्यक्ष डम्मर भट्टराईले बताएका छन्। घाइते १२ जनाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ६ विद्यार्थीलाई नियन्त्रणमा लिएको छ।
 
नियन्त्रणमा लिएका विद्यार्थीलाई जान भनेपनि प्रहरी कार्यालयबाट जान नमानेको प्रहरी उपरिक्षक चन्दले बताए। प्रहरी प्रशासनले जिम्मा लिएमात्र बाहिर जाने उनीहरुले अडान राखेको उनको भनाइ छ।
क्याम्पसको पर्खाल नाघेर तालाबन्दी गर्न गएका बिद्यार्थी रोक्न खोज्दा विद्यार्थी र प्रहरीबीच झडप भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्दले प्रहरी प्रशासनको अनुरोधमा प्रहरी सुरक्षार्थ क्याम्पसमा खटिएको र तालाबन्दी गर्न रोक लगाउँदा समान्य धकेलाधकेल भएको बताए।
शसस्त्र प्रहरीको टोलीले लाठीचार्ज गर्दा भागडौडमा केही बिद्यार्थी समान्य घाइते भएको उनले बताए। १२ बिद्यार्थीको सेती अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। क्याम्पसमा तोडफोड गर्दै विद्यार्थी संगठनले प्रहरीमाथि हातपात, ढुङगामुडा प्रहार सुरु गरेपछि लाठीचार्ज गरेको उनको भनाई छ।
झडपमा परी अखिल क्रान्तीकारीसँगै फोरम विधार्थी संघ र परिवार दलका विद्यार्थीहरु पनि घाईते भएका छन्।
निर्धारित सयममा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नभएपछि अब क्याम्पसमा नियमित पढाईको बातावरण बन्नुपर्ने माग गर्दै स्ववीयु निर्वाचनका लागि स्थापना गरीएको निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोज्दा झडप भएको हो।
तालाबन्दीका लागि क्याम्पसको पर्खाल नाघेर गएका विद्यार्थीहरुलाई रोक्न खोज्दा केहीवेर झडप भएको थियो। पढाइको वातावरण बनाउन निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले दमन गरेको घाइते विद्यार्थी सुवाश रेग्मीले बताए।
प्रहरीले अखिल क्रान्तीकारीका केन्द्रीय सदस्य मदन कठायत, जिल्ला उपाध्यक्ष मनोज राई सहित ६ जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएका विद्यार्थीलाई जान भनेपनि प्रहरी कार्यालयबाट जान नमानेको प्रहरी उपरिक्षक चन्दले बताए। प्रहरी प्रशासनले जिम्मा लिएमात्र बाहिर जाने उनीहरुले अडान राखेको उनको भनाइ छ। 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167