Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सिड्नी । अष्ट्रेलियामा नेपालीहरुलाई स्थायी बसोबास अनुमति दिने क्रम बढेसँगै यहाँको अर्थतन्त्रमा नेपालीको योगदान पनि बढ्दै गएको छ ।
अष्ट्रेलियाको न्यू साउथ वेल्समा बिकेका प्रत्येक १० घरमा एउटा विदेशीले खरिद गरेका छन् । खरिद गर्ने विदेशीहरुको सूचीमा नेपालीहरु पाचौं स्थानमा रहेको डेली टेलिग्राफले प्रकाशन गरेको रिपोर्टमा उल्लेख छ ।हालै सार्वजनिक तथ्यांक अनुसार सबैभन्दा बढि संख्यामा चिनियाँहरुले घर खरिद गरेका छन् । घर खरिद गर्ने सम्पुर्ण विदेशीहरुमध्ये एक तिहाई चिनियाँहरु रहेको तथ्यांकले देखाएको छ । यो गत वर्षको जुलाईदेखि सेप्टेम्बरसम्मको आँकडा हो जब विदेशीहरुले सही रुपमा खरिदको घोषणा गर्नुपर्ने निश्चितता गरिएको थियो ।
यस अवधिमा न्यू साउथ वेल्समा विक्री भएका सबै घर तथा इकाइहरुमध्ये ११ प्रतिशत विदेशीहरुले खरिद गरेको आँकडाले देखाएको छ । जबकि गत वर्षको जूनमा न्यू साउथ वेल्सले वैदेशिक लगानीकर्ताले तिनुपर्ने स्ट्याम्प करमा ४ प्रतिशत वृद्धि गरेको थियो ।
सबैभन्दा बढि घर खरिद गर्ने विदेशीहरुमा पहिलो स्थान चीन (३३ प्रतिशत) ले लिएको छ भने त्यसपछि बेलायत र न्यूजिल्याण्ड (११ प्रतिशत) रहेका छन् । चौथो स्थानमा भारत (१० प्रतिशत) रहेको छ ।
पाचौं स्थानमा नेपाल रहेको छ । घर खरिद गर्ने विदेशीहरुमा नेपालीको हिस्सा ३ प्रतिशत रहेको छ । मलेसियाका नागरिकहरुले पनि नेपालीकै अनुपातमा घर खरिद गरेको आँकडाले देखाएको छ ।
सामान्यतया अष्ट्रेलियामा स्थायी बसोबास अनुमतिपत्र (पीआर) प्राप्तिसँगै नेपालीहरुले घर किन्ने गर्दछन् । रियलस्टेटमा गरिएको लगानीको राम्रो प्रतिफल आउने र बृद्धिदर पनि राम्रो भएकाले नेपालीहरुले एकभन्दा धेरै घर किन्ने प्रचलनसमेत देखिएको छ ।
गत वर्षको तीन महिने अवधिमा विदेशी खरिदकर्तालाई २ हजार ९ सय ९५ घरहरु विक्री भएका छन् जसबाट ११ करोड ५० लाख डलर कर उठेको छ ।
No comments:
Post a Comment