Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौंः वर्षाका कारण बीचमै खेल रोकिएपछि ३८ ओभरको खेल फेरि २९ ओभरमा छोट्याइएको छ।
नेपालले ३६ ओभरको समाप्तिमा ८ विकेट गुमाएर ११२ रन बनाउँदा पुनः वर्षाभएपछि खेल २९ ओभरमा छोट्याइएको हो। डिएल मेथडअनुसार २९ ओभरमा खेल छोटिएसँगै अब केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको छ।
वर्षाकै कारण ५० ओभरको खेल ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभरमा ८ विकेट गुमाउँदै ११२ रन बनाएको थियो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रन तथा केन्याविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए। शक्ति गौचन १८ र सोमपाल कामी १५ रनमा अविजित रहे। गौचन र कामीले ३० रनको साभेदारी गरे।
ओपनर सुनिल धमला ३ रनमा पभिलियन फर्किँदा सागर पुन १० रनमा आउट भए। यसैगरी बसन्त रेग्भीले ६, विनोद भण्डारीले ४, शरद भेष्वाकरले ३ र मेहबुब आलमले २ रन जोडे।
No comments:
Post a Comment