Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
भाग - ३ पढ्नुहोस
"यो कथा यथार्त जिबनमा घटित वास्तविक जिबन लाई केलाएर रचेको हो !"
“ सुनको चुरा बेचिदेउ साइली ”
पारिवारिक
माहोलमा एक्लिएको महसुस कहिल्यै हुँदैन, जब परिवार भन्दा बाहिर एक्ल्लिएको
अवस्था रहन्छ त्यो बेला श्रीमती , बच्चा अनि आमा-बा को कमिको आभास हुदोरहेछ । हो गोर्खे लाई यस्तै भैरहेको छ । पल-पल सोच्न
पुग्छ साइली भाको भए जे पनि गर्न सक्थे , बा भाको भए जति गल्ति भएतापनि माफ
गरिदिनुहुन्थ्यो , आमा ले त झन् ल भैगो आइज खाना खा भन्नुहुन्थ्यो, तर यहाँ त
कोहि पनि छैन अब के गर्ने !, कसलाई भन्ने !, कहाँ जाने !, के खाने !!!.... त्यो एकलास को
रोदन , तडपन, त्यो जाडो को मौसम । नेपालको जस्तो बास बस्न पाइन्छ हजुर भनौ भने
सबै झ्याल ढोका बन्द छ , ठुला ठुला घर, कसलाई कसको घर मा गइ ढोका ढकढकाउने , फरक
सिस्टम भएको देश, बोलिनै फरक , मानिस नै फरक , भेष-भुषा अनि सस्कृति नै फरक ।
जसरि गाउँ घरमा कुकुर भित्र पस्न लाग्दा बाहिर निकालिन्छ
ठिक तेस्तै मेरो अवस्था भएको छ । सुनसान सडक मा एक्लै २० के.जी को सुटकेस घिसार्दै
.. अब म पुरै बाटो मा आए ,
पेरिसको
चिसो मौसम अनि Gare
de Lyon train station को बास ...
भोलि पल्ट बिहान आँखा मिच्दै मुसुक्क हासी भन्न पुग्छ "छातिमा हात राखी बन्द आँखाले रुनुको मज्जा नै अर्कै हुदो रहेछ" !!! हहहाहा.....!!!
अचम्म एक रातमा के भो एक्कासी हासो छाएको छ । पेरिस को
त्यो रात ले के जादु गर्यो गोर्खेलाई !
अर्ध निन्द्रामा साइली ले कर्तब्य अनि जिम्मेवारी को बोध
गराएको जस्तो लाग्यो उनि आफै भन्छिन घरको पिर नगर्नु म छु । निन्द्रामै भए पनि ठुलो हिम्मत जुटाउन पुगे , अनि सोचे साइली
तिमि छऊ, अनि म छु !!!...
" उनीले म
माथि अचम्मको जादु गरेकी छिन ,
मेरो
अधुरो मुटुको खबर राखेकी छिन ,
मैले सायद
उनीलाई भुलिहाल्थ्य होला, तर
अर्ध
निन्द्रामा पनि म बाचेको आभास गराई रहेकी छिन "
समय बलवान छ देखिन्न तर महसुस हुन्छ,
निस्ठुरी छ यो स्पर्स हुन्न तर मार्महिक हुन्छ ,
कसलाई दोस दिने समय लाइ दोस दिनु भनेको आफु पन्छिनु
मात्र हो । जुन परिवेस को बारेमा मलाई थाहा थिएन, अब बल्ल थाहा पाए, अब यही समयको
डोर लाइ समात्ने हो , एक्कासी हिम्मत बटुल्ने प्रयास गरे । "केहि हुन्न, भएमा साइली छदै छे नि" ।
जसरि फ्रान्स, पेरिस आएको थिए जसले आर्मी camp सम्म
पुराई best of luck भनि फर्कियो हो उसै कहाँ जान्छु । केहि त गर्लान नि दु:खमा परेको छु, कुनै बाटो त देखाउलान नि !!!
छैटौ घन्टी जादा सम्म
फोन उठेन, भाको सिक्का पनि सकियो तर अझै फोन उठेन ।साला बोक्सीको बान !!!.... भोक लागेको
ले बारमा गइ बर्गर र कफि order गरे , बर्गर लाइ समस्या भएन तर कफ्फी मा cappuccino ,espresso र
american थियो, म बाठो भएर espresso मगाए, यति खेर मलाई हाम्रो देश र Europe को भिन्नता को महसुस भयो । यदि
हाम्रो देश मा एस्तो सिस्टम को परिपाटी भाको भए यो तितो कफि खान पर्दैन थियो । किताब
को पढाई पाना मा नै सिमित रहयो !!!
४ घन्टाको पर्खाइ घरि
यता घरि उता, फेरी सिक्का साटेर फोन गरे यो बेला मा २ घन्टी मै फोने उठ्यो र म हु
दाइ भनि बोले , कामको बेस्तताले फोने नउठाएको थाहा पाए , घर आउने सल्लाह दिनु भयो । रातिको खाना ९ जना संगै खाइयो । म , दाइ अनि उही गोर्खे जस्तै कालो भर्ति हुने
साथी हरु । तिनीहरु लाई देखे पछी मन पनि हलुका भयो । मिठो हास्न मन लाग्यो !!!... केहि बोलिन किन पो बोल्नु आइ त सके !, मन मनै जय होस् तपाइँहरुको भने !!!...
सल्लाह त पाए तर, न खानु
न ओकल्नु !!!... हप्ता दिन अगाडी पासपोर्ट हातमा बोकि अरुको अगाडी सान पट्टि दिदै
हिड्ने म आज पासपोर्ट भन्ने बितीकै मन डराउन थालो । पासपोर्ट को stay visa
सकिसकेको छ । कसरि फ्रान्स बाट इटाली जानु । बल्ल बल्ल हिम्मत जुटाएर त्यहाँ सम्म
आइपुगेको छु , पासपोर्ट valid भएनी हुन्थ्यो । खल्ती मा पैसा पनि छैन , गल्लि गल्लि
पुलिस र आर्मी को कन्ट्रोल ।
अब के गर्ने फेरी सोच्न
पुगे म , सल्लाह तेती मात्र हो र इटाली आएपछिको गर्नु पर्ने कर्म काण्ड अझै कति
कति । यदि Europe मा काम गर्ने हो भने, सरकारी प्रक्रिया पुरा नगरी कालो मै बस्नु पर्ने जति
बेला पनि पुलिसले जेल लान सक्ने , जिन्दगीको यो पाटो
अब कि कालो कि प्रक्रिया !!!...
“ दाइ :- पुलिस को कन्ट्रोल आउन सक्छ भाइ बस्ने भए बस एक रात केही छैन भोलि बिहानै
जानु ,
गोर्खे :- हैन दाइ एक हप्ताको समय दिनुस , यसरी यो अवस्थामा कतै जान
सक्दिन न त पैसा नै छ , न कुनै जान पहिचान ।
दाइ :- जति सक्दो चाडो छोड्नु पर्छ भाइ नभय सबैलाई अप्ठ्यारो पर्न
सक्छ please ”, भनेपछी कि मैले नेपाल फिर्ता हुनु पर्यो कि
इटाली ।
केहि दिन सोच्ने समय
मिल्यो । जसरि नेपाल बाट आउदा बिना विचार गरि हिडे अबको पाइला तेसरी चाल्ने छैन । यति सोच बनाएर बसेको छु । अब को हरेक पाइलाको निर्णायक म आफै हुनेछु । (केहि भएमा, साइली छदै छे नि !!!)
साता बितिसक्यो घर फोन
नगरेको पनि । के भन्ने !, कसरि सुरुवात गरु !, आमा ले सोध्नु भो भने !, बा ले सोध्नुभो
भने !, अझ साइली ले के भन्ली !, ( हे भगवान अब बान पल्टियो मलाई ,,, खुइययय ...!!!)
फोन त गर्नै परो , लागे
फोन गर्न ..
बुथ न २ मा गइ साइली को
मोबाइलमा फोन गरे तेस्रो घन्टी मा फोने उठ्यो ...
गोर्खे :- हेल्लो (hello...) साइली , के छ आरामै , सारै दुख पाए , मर्छु होला जस्तो
लागेको छ साइली , तिम्रो याद आको छ .. अनि बा , आमा लाइ कस्तो छ नि !!!...
(एकहोरो मेरो मात्र कुरा राखे, लाग्थ्यो अब बाच्छु होला, साइली को मधुरो
आबाज येसरी मेरो कानमा गुन्जिएको छ कि मध्ये रातमा साइली मेरो अँगालो मा छे जस्तो
साइली को न्यानो सासले मलाइ अलि उत्तेजक अनि भाबुक बनाएको जस्तो)
साइली :- हेलो हजुर हामीलाई ठिक छ , यताको पिर नगर्नु म छु , के भयो रे ...!!! (बिस्तारमा सबै कुरा भने , यस्तै
रहेछ Europe भाबिको छलमा परियो साइली)
३ यूरो १५ सेन्ट को कुराकानी
पछी म अब इटाली जाने निर्णय मा पुगे । साइली ले भनेको त्यो सब्द:ले मलाइ नेपाल मै
छु जस्तो अनुभूति दिलायो । दसौ लाख भन्दा माथिको ऋण तिमि ले तिर्नु छ, अनि मलाई
पनि Europe लानु छ गोर्खे, हामीलाई धनि हैन सुखीसाथ रहनु छ गोर्खे हिम्मत नहार , म छु नि !!! byee...
गोर्खे :- (ठुलो हिम्मतको साथमा..."सुनको चुरा बेचिदेउ साइली" ) मलाई इटाली जानुछ....
गोर्खे को बाकी इटालीको यात्रा आउने साता ......
No comments:
Post a Comment