Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
फाल्गुन ९, २०७३- सरकारले सोमबार १४ मुलुकका लागि राजदूत सिफारिस गरेको छ । दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले सरकारमा रहेका र सरकार समर्थित प्रमुख चार राजनीतिक दलहरुबीच भागबण्ड गरेर सिफारिस गरेको हो । भागबण्डमा माओवादीका चार, काँग्रेसका छ, राप्रपाको तीन र फोरम लोकतान्त्रिकको एक रहेका छन् ।
राजदूतहरु सिफारिस गरिएको जानकारी सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले दिएका हुन् । सरकारले सिफारिस गरेका राजदूतहरुको सम्बन्धित देशबाट एग्रिमो आउनु पर्दछभने त्यसपछि संसदी सुनुवाई हुन्छ ।
राजदूतामा सिफारिस भएकामा माओवादीको तर्फबाट अष्ट्रेलियाका लागि पूर्व सभासद् लक्की शेर्पा, डेनमार्कका लागि राईजिङ नेपालका पूर्व सम्पादक युवनाथ लम्साल, साउदी अरेवीयाका लागि त्रिभूवन विश्व विद्यालयका पूर्व रजिष्टार महेन्द्र सिंह र बहराइनका लागि राज्य पुनर्सरचना आयोगका पूर्व अध्यक्ष पदम सुन्दास रहेका छन् ।
त्यसैगरी कांग्रेसको कोटामा श्रीलंकाका लागि अर्थविद् डा. विश्वम्भर प्याकुरेल, बंगलादेशका लागि चिकित्सक डा. चोपलाल भूषाल, म्यानमारका लागि गैरआवासीय नेपाली संघका संरक्षक भीम उदास, दक्षिण कोरियाका लागि पूर्व परराष्ट्र राज्यमन्त्री अर्जुनजंगबहादुर सिंह, कतारका लागि रमेशप्रसाद कोइराला र यूनाइटेड अरव इमिरेट्सका लागि म्यानपावर व्यावसायी आशा लामा रहेकी छिन् ।
त्यसैगरी राप्रपाबाट स्पेनका लागि पूर्व सैनिक अधिकारी भरत रायमाझी, इजरायलका लागि पूर्व कानुन मन्त्री निरञ्जन थापा र जापानका लागि प्रतिभा राणा रहेका छन् । राणा राप्रपा नेतृका साथै काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवाकी आमा हुन् । स्पेनमा राजदूतावास नभएकोले नयाँ स्थापना गर्नेसमेत निर्णय भएको छ ।
सरकारमा नरहेको तर, सरकारलाई बाहिरबाटै समर्थन गरेको फोरम लोकतान्त्रिकको तर्फबाट ओमनका लागि शर्मिला पराजुली ढकाल सिफारिसमा परेकी छिन् । उनी मेनपावर व्यवसायी हुन् ।
नेपाली युवाहरुको प्रमुख श्रम गन्तव्यको रुपमा रहेको कतारमा सन् २०१३ को नोभेम्बरबाट नै राजदुत छैनन् । साउदी, यूएई, दक्षिण कोरिया, अस्ट्रेलिया, इजरायल, म्यानमारमा सन् २०१५ को अगस्तदेखि राजदूत पद खाली छ । ओमान र बहराइनमा दुतावासमा चार वर्षअघि स्थापना गरिएपनि आजसम्म राजदुत नियुक्ती गरिएको थिएन । स्पेनमा भने राजदूतावास छैन । नयाँ राजदूतसंगै दूतावास स्थापना गर्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्को बैठक आजै साँझ पुन: बस्दैछ । उक्त बैठकले स्थानीय निकायको चुनाव घोषणा गर्ने बताइएको छ ।
No comments:
Post a Comment