के 'स्थानीय तहको निर्वाचन एक किसिमको आन्दोलन हाे' ? - newsallabc.com

Breaking

Tuesday, February 21, 2017

के 'स्थानीय तहको निर्वाचन एक किसिमको आन्दोलन हाे' ?

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


काठमाडौं, फागुन १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयतहको निर्वाचन सम्पन्न गर्न नेपाली सञ्चारमाध्यमले सहयोग गर्नुपर्ने बताउनुभएको छ।

गणतन्त्र प्राप्तिको आन्दोलनमा सञ्चारमाध्यमले खेलेको भूमिका अतुलनीय रहेको भन्दै उहाँले त्यसको संस्थागतका लागि पनि सञ्चारमाध्यमको सहयोग अपरिहार्य रहेको तर्क गर्नुभयो।

प्रेस काउन्सिल नेपालले दिवंगत एवं संघर्षशील पत्रकारको स्मृति र सम्मानमा सञ्चारग्राममा निर्माण गरेको पत्रकार स्तम्भको मंगलबार अनावरण गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मुलुकमा कुनै चिजको तिव्र विकास भएको छ भने त्यो मिडिया हो। उहाँले भन्नुभयाे, “नेपाली मिडियाले मलाई सहयोग नगरेको भए, यतिबेला म कहाँ हुन्थे, मलाई नै थाहा छैन ।” स्थानीयतहको निर्वाचन एक किसिमको आन्दोलन भएको बताउँदै उहाँले परिवर्तन संस्थागत गर्न चाहने सबै यस अभियानमा लाग्नुपर्छ उहाँले भन्नुभयो।
परिवर्तन नचाहने तत्वहरु सलबलाई रहेको आशंका व्यक्त गर्दै अध्यक्ष प्रचण्डले त्यसप्रति पत्रकारलाई चनाखो हुन आग्रह गर्नुभयो। नेपाली मिडियामा नकारात्मक पक्ष पनि रहेको बताउँदै उहाँले स्वस्थ प्रतिस्पर्धाबाट त्यसमा गुणात्मकता ल्याउन आग्रह गर्नुभयो। “सकारात्मक पक्षलाई प्रोत्साहित गर्नुपर्छ र नकारात्मकलाई निस्तेज गर्नमा प्रेस लागोस्” उहाँले शुभकामना दिनुभयाे।

पत्रकारको हकहितका लागि सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले “प्रेसमैत्री नीति नियम बनाउनमा सरकारले सहयोग गर्छ, तपाईहरु बुँदागतरुपमा ठोस प्रस्ताव ल्याउनुहोस्।”
लामो समयसम्म स्थानीयतहमा जनप्रतिनिधि नहुँदा जनता निराश रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अव हुने निर्वाचनले जनतालाई वास्तविकरुपमा लोकतान्त्रिक गणतन्त्रको अनुभूति दिलाउने विश्वास व्यक्त गर्नुभयो। पत्रकारितामा जीवन समर्पण गर्नेहरुको सम्झनामा पत्रकार स्तम्भ निर्माण गरेकोमा उहाँले प्रेस काउन्सिलका पदाधिकारीहरुको प्रशंसा गर्नुभयो ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाली मिडियाले परिवर्तनका लागि ठूलो भूमिका निर्वाह गरेपनि विकृति र विसंगति निम्तिनेमा मिडियाको पनि भूमिका रहेको बताउनुभयो। पत्रकारिताको उत्ताउलोपन र विकृति रोक्न सके मुलुक सकारात्मक दिशामा जान्छ भन्दै उहाँले त्यसका लागि भूमिका खेल्न आग्रह गर्नुभयो।
राजनीतिक सहयोग विना मुलुकको आर्थिक समृद्धि सम्भव नरहेको बताउँदै मन्त्री कार्कीले राजनीतिक दलका नेता र समाजको सकारात्मक समाचार दिन पत्रकारसँग आग्रह गर्नुभयो। नेतालाई पारदर्शी बनाउनमा पनि मिडियाले सहयोग गर्नुपर्ने उहाँले आग्रह गर्नुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले संघर्षशील पत्रकारको सम्मानमा पत्रकार स्तम्भ निर्माण गरिएको बताउनुभयो। नेपाली मिडियाको तिव्र विकास भएपनि त्यसैगरी अस्वस्थ प्रतिस्पर्धा भएको बताउँदै उहाँले मिडियाको विकृति अन्त्यका लागि काउन्सिल जिम्मेवारीपूर्वक लागेको बताउनुभयो।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकार स्तम्भ पत्रकारको योगदानको महत्वपूर्ण संकेतको रुपमा रहने विश्वास व्यक्त गर्नुभयो। मुलुकमा अहिलेसम्म ३६ जना पत्रकार विभिन्न बहानामा मारिएको बताउँदै उहाँले छानविन र पीडितलाई क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो।
करिब छ लाख रुपियाँको लागतमा तयार भएको पत्रकार स्तम्भ कलाकार राजु पिठाकोटेले निर्माण गर्नुभएको हो। १२ इन्च उचाई र ९ इन्च ६ फिट चौडाई रहेको स्तम्भको प्रधानमन्त्री प्रचण्डले अनावरण गर्नुभयो। 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167