खुला भयो सेनाको अस्पताल सर्वसाधारणका लागि पनि - newsallabc.com

Breaking

Sunday, February 26, 2017

खुला भयो सेनाको अस्पताल सर्वसाधारणका लागि पनि

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



काठमाडौं, नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको वहिरंग उपचार सेवा आइतवारबाट सर्वसाधारणका लागि पनि खुला गरिएको छ।

यसअघि याे अस्पतालले सैनिक कर्मचारी तथा उनीहरुका परिवारलाई मात्र स्वास्थ्य उपचार सेवा दिंदै आएको थियो । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार, अस्पतालको ओपिडि (वहिरङ्ग) सेवा सर्वसाधारणका लागि पनि खुला गरिएको हो।
सो सेवासंगै सेनाको अस्पतालमा औषधि उपचार सेवा जो कोहीलाई पनि उपलब्ध हुने छ। ‘महाशिवरात्री तथा सेना दिवस २०७३’ र ‘स्वास्थ्य सेवा दिवस २०७३’ को अवसर पारेर सेनाले सो सेवा शुरु गरेको हो।

सार्वजनिक विदा बाहेक प्रत्येक दिन दिउँसो साढे तीनवजेदेखि अपरान्ह पाँचवजेसम्मको समयअवधि सर्वसाधारणका लागि छुट्याइएको छ। आवश्यक पूर्वाधारको विकास तथा जनशक्ति थपिएसंगै सो सेवालाई बढाउँदै लैजाने योजना रहेको सेनाले जनाएको छ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा केही दिनपछि रौतहट जिल्लाको गौरमा मोवाईल अस्पताल प्रयोग गरी बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने जनसम्पर्क निर्देशनालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। यस किसिमको कार्यले गैह्र सैनिक नागरिकलाई स्वास्थ्य उपचारमा महत्वपूर्ण सेवा पुग्ने अपेक्षा गरिएको छ। स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्नुका साथै नागरिक सैनिक सम्बन्ध थप सुदृढ हुने विश्वास सेनाको छ । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167