गौरमा भयो झडप, प्रहरी र मोर्चाका कार्यकर्ताबीच - माधव नेपाल आउँदा - - newsallabc.com

Breaking

Sunday, February 26, 2017

गौरमा भयो झडप, प्रहरी र मोर्चाका कार्यकर्ताबीच - माधव नेपाल आउँदा -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


रौतहटको गौरमा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आएपछि दिनभर गौर तनावग्रस्त बनेको छ। मधेशी मोर्चाका नेता कार्यकर्ताले सो कार्यक्रम बिथोल्न खोजेपछि सुरक्षाकर्मी र प्रर्दशनकारीबीच गौरका विभिन्न चोकमा झडप भएको हो। बिपी चोकमा भएको झडपमा केही सुरक्षाकर्मी घाइते भएका छन्।

गम्हरीया पर्सा गाविस १ का नन्दकिशोर पटेलको प्रहरीले लाठी प्रहार गर्दा टाउको फुटेको छ। सशस्त्र प्रहरीका जवानले झडपको तस्बिर खिचिरहेका पत्रकार प्रभात झालाई समेत कुटपिट गरेका छन्। कुटपिट बाट पत्रकार झाको दुवै खुट्टा र पेटमा चोट लागेको छ। मोर्चाका कार्यकर्ताले एमालेका कार्यकर्ताले प्रयोग गरेको भारतीय नम्बरको एउटा जिपमा आगजनी गरेका छन। आइतबार दिउँसो १२ बजेदेखि सुरक्षाकर्मी र प्रर्दशनकारीबीच झडप भएको थियो।


प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ। दिनभर गौर बजार बन्द भएको छ। मुख्य बजारमा सुरक्षा निकायले सर्वसाधारणलाई आवतजावतमा समेत रोक लगाएका थिए। कडा सुरक्षाकाबीच गौर पुगेको नेता नेपालले जिल्ला प्रहरी कार्यालय छेउमा रहेको चौरमा नव प्रवेशीलाई स्वागत गरी करिब एक घण्टा कार्यक्रमलाई सम्बोधन गरेर फर्किएका थिए। गृहनगर गौर पुगेका नेता नेपालको निर्वाचन क्षेत्रमै एमाले र मोर्चाका कार्यकर्ताबीच झडप भएको हो।



No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167