Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
दमक, फागुन ५ गते । विद्युत् सर्ट भई गएराति आगलागी हुँदा झापा, गौरादह–१ का देवराज लिम्बूको घरमा रु ४१ लाख बढीको क्षति भएको छ । राति १ः३० बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी हुँदा लिम्बूसहित त्यहाँ भाडामा बस्ने धनसिंह लिम्बूको नगद, जिन्सी पूर्णरुपमा क्षति भएको थियो ।
इलाका प्रहरी कार्यालय, दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार बेलडाँगी निवासी देवराज लिम्बूको दुईतले काठको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु ४१ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । लिम्बूको घरसँगै जोडिएको अर्को एकतले पक्की घरसमेत जलेको थियो ।
आगलागीबाट लिम्बूको घरमा भाडामा बसेका धनसिंह लिम्बूको रु दुई लाख ५० हजार नगदसहित लत्ताकपडा, अन्नपात जल्दा रु ११ लाख २९ हजार बराबरको क्षति हुन पुगेको पीडितले जनाएका छन् ।
त्यस्तै, आगलागीका कारण देवराजको काठको दुईतले घर, गरगहना, खाद्यान्न, लत्ताकपडा, पशुचौपाया जलेर नष्ट हुँदा रु २९ लाख ९१ हजार क्षति भएको छ । आगो आज बिहान करिब ४ः३० बजे दमक नगरपालिकाको दमकल, बिर्तामोड दमकल, प्रहरी र स्थानीवासीले मिलेर निभाउँदा नियन्त्रणमा आएको थियो । रासस






No comments:
Post a Comment