अब खेल्ने भयो नेपालले " इमर्जिङ कप " - newsallabc.com

Breaking

Friday, February 24, 2017

अब खेल्ने भयो नेपालले " इमर्जिङ कप "

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




काठमाडौं । नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ । चैत १२ देखि बंगलादेशमा हुने यो प्रतियोगितामा भारत र पाकिस्तानसहित ४ टेष्ट देशको यू-२३ वा ए टिमसहित ८ देशले भाग लिनेछन् ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपको तालिका नजिक पर्ने भन्दै यूएईले नाम फिर्ता लिएपछि एसीसीले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय लिएको थियो । एसीसी बोर्ड बैठकको यो निर्णयले नेपालले इमर्जिङ कप गुमाउने अवस्था आएको थियो ।
तर, हङकङले प्रतियोगिता खेल्ने बचन दिएको छ । साथै नेपालले पनि निर्णयमा पुनर्विचार गर्न अपील गरेका थियो । क्रिकेट संघकी पूर्व सीईओ एवं आईसीसी स्थानीय प्रतिनिधि भावना घिमिरेले भनिन्, हामीले खेलाडीहरुको तर्फबाट अपील गरेका थियौं । अब खेल्न पाउने भएका छौं ।’
यूएईको सट्टा मलेसियाले खेल्नेछ । मलेसिया क्रिकेट संघका अध्यक्ष महिन्दा भालिपुरमले आफ्नो देशले इमर्जिङ कप खेल्ने पक्का भएको बताएका छन् ।


एसीसी इमर्जिङ कप मार्च २५ देखि अपि्रल ५ अर्थात चैत १२ देखि २३ सम्म हुनेछ ।
इमर्जिङ कपको पहिलो संस्करण २०१३ मा भएको थियो र, पाकिस्तानलाई हराउँदै भारतले उपाधि जितेको थियो । तर, त्यसपछि यसले निरन्तरता पाएन ।
पछिल्लो पटक एसीसी ब्यूँतिएपछि इमर्जिङ कपले पनि निरन्तरता पाउने भएको हो । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167