के हो ‘डोजर काण्ड’ किन निक्कै हंगामा मच्चायो ? सामाजिक सञ्जालमा - newsallabc.com

Breaking

Tuesday, February 21, 2017

के हो ‘डोजर काण्ड’ किन निक्कै हंगामा मच्चायो ? सामाजिक सञ्जालमा

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


काठमाडौं । सामाजिक सञ्जालमा आजभोली ‘डोजर काण्ड’ ले निक्कै हंगामा मच्चाएको छ । भाइरल बन्दै गएको ‘डोजर काण्ड’ले सामाजिक सञ्जालहरु रंगीविरंगी बनेका छन् ।



जहाँ डोजरले खनिरहेको छ– त्यहाँकै फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुको संख्या यतिबेला धेरै छ । त्यसलाई सेयर गर्नेहरुको जमात पनि निकै रहेको छ ।
फेसबुक, ट्वीटरसहितका समाजिक सञ्जालहरुमा भाइरल भइरहेको डोजर शब्दको अर्थ के हो भन्नेमा धेरैलाई खुल्दुली छ ।
सामाजिक सञ्जालमा केही दिनअघि बालाजुमा चलिरहेको डोजरको फोटो पोष्ट भयो । सँगै त्यसलाई हेर्न जम्मा भएको ठूलो भीड पनि देखियो ।
त्यस्तै गत फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रौतहट पुगेर आफैंले पनि डोजर चलाएर सडक बचाउ अभियानमा लागेको बताएका थिए ।
कतिपयले प्रधानमन्त्रीले डोजर चलाएपछि ‘डोजर काण्ड’ भाइरल भएको भनेर पनि सामाजिक सञ्जालहरुमा पोष्ट गरेका छन् ।




डोजरको ट्रेण्ड सुरु भएको केही दिनमात्रै भएको छ । जसलाई समाजिक सञ्जाल प्रयोगकर्ताले ‘डोजर काण्ड’को संज्ञा दिए ।
आजभोलि गाउँमा मात्रै हैन, शहरमा पनि केही कामका लागि डोजर चल्यो भने हेर्नेको ठूलो भीड लागिहाल्छ । यस्तो भीडमा युवाको संख्या नै अत्याधिक मात्रामा देखिन्छ ।
खासमा सामाजिक सञ्जाल प्रयोगकर्ताले डोजरलाई बेरोजगारीको समस्यासँग जोडेर भाइरल गराएका हुन् । यसैलाई आधार बनाएर दैनिक हजारौं पोष्टहरु हुन थालेका छन् ।
६ महिना खलासी कार्यकाल बिताएपछि उनको ड्राइभर पदमा बढुवा मने भएकोछ। मने यो अर्को छलाङ हो भन्ने हाम्रो बिश्वास पनि हो।



जहाँ डोजरले खन्छ त्यहाँ भिडको जमात हुनछ!यसले नेपालको बर्तमान बेरोजगार को समस्या देखाउछ!!यो कुरालाई व्यङ्ग्य गर्दै यो सगँ सम्बन्धित फोटो पोस्ट गर्नु नै डोजर कान्ड हो।।��� 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167