एमालेद्वारा अस्वीकार - संशोधनमा सहयोग गर्न प्रधानमन्त्रीले गरेको आग्रह - - newsallabc.com

Breaking

Tuesday, February 21, 2017

एमालेद्वारा अस्वीकार - संशोधनमा सहयोग गर्न प्रधानमन्त्रीले गरेको आग्रह -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


फाल्गुन १०, २०७३- मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि संविधान संशोधनमा सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको आग्रह प्रमुख प्रतिपक्षी एमालेले अस्वीकार गरेको छ ।
नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संशोधन प्रस्तावमा सहयोग गर्न गरेको आग्रह एमालेले इन्कार गरेको हो । बैठकबाट बाहिरिँदै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन प्रधानमन्त्रीले संशोधन प्रस्तावमा सहयोगका लागि गरेको आग्रह एमालेका नेताहरुले अस्वीकार गरेको जानकारी दिए ।


 संविधान संशोधन प्रस्तावको टुंगो नलगाई चुनावको मिति घोषणा गरेको भन्दै मधेसी मोर्चाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरिसकेको छ । सरकारले लामो रस्साकस्सीपछि हिजो सोमबार साँझ आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको थियो ।

सर्वदलीय बैठकमा मोर्चालाई निर्वाचनमा ल्याउनबारे छलफल केन्द्रित रहेको पनि गच्छदारले बताए । उनका अनुसार सीमांकन हेरफेर विषयमा बैठकमा बढी विवाद देखिएको छ ।
सीमांकनको विवाद संघीय आयोग गठन, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर वा अरु माध्यमबाट मिलाउने भन्ने विविध विषयमा छलफल चलिरहेको उनले बताए ।  
प्रधानमन्त्री दाहालको आह्वानमा भएको सर्वदलीय बैठक मधेसी मोर्चाले भने बहिष्कार गरेको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167