जनजाति महासंघ उत्रिय आन्दोलनमा - निर्वाचन घोषणाविरुद्ध - - newsallabc.com

Breaking

Wednesday, February 22, 2017

जनजाति महासंघ उत्रिय आन्दोलनमा - निर्वाचन घोषणाविरुद्ध -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



काठमाडौं, नेपाल आदिवासी जनजाति महासंघले स्थानीय तहको निर्वाचन अस्वीकार गर्ने घोषणा गरेको छ ।
आदिवासी जनजाति, मधेसी, मुस्लिमलगायत उत्पीडित समुदायको संवैधानिक अधिकारको ग्यारेन्टी नगरी तथा स्थानीय तहको प्रतिवेदन नसच्याइकन गरिएको स्थानीय तहको निर्वाचन मान्य नहुने महासंघले जनाएको छ ।
महासंघले राजधानीमा पत्रकार सम्मेलन गरी निर्वाचन अस्वीकार गरिने बताएको हो । ‘राज्यले विभिन्न सययमा आदिवासी जनजातिहरुसँग गरेका सम्झौता र सहमतिका आधारमा संविधान संशोधन हुनुपर्छ, स्थानीय तहको प्रतिवेदन अपुरो छ र आदिवासी जनजातिहरुको सघनता र पहिचानको आधारमा स्थानीय तह निर्माण गरिएको छैन, त्यसलाई सच्याउनुपर्छ,’ महासंघका अध्यक्ष जगत बरामले भने, ‘संविधान र स्थानीय तहको प्रतिवेदनप्रति देशभरका उत्पीडित समुदायको असहमति हुँदाहुँदै सरकारले एकतर्फी रुपमा स्थानीय तहको निर्वाचन घोषणा गरेको छ, जसलाई हामी स्वीकार गर्दैनौ ।’
महासंघले जबरजस्ती एकतर्फी रुपमा घोषणा गरिएको निर्वाचनको विरुद्धमा केही दिनभित्रै प्रष्ट खाकासहितको आन्दोलनको घोषणा गरिने जनाएको छ ।
बरामले आदिवासी जनजाति मात्रै नभएर अब मधेसी, मुस्लिम, दलितलगायत उत्पीडित समुदाय एक ठाउँमा आएर आन्दोलन गरिने बताए ।
‘हाम्रो आन्दोलनमा सत्तारुढ दलकै कतिपय जातीय भातृसंगठनहरु पनि सहभागी हुन सक्छन्, मधेसी मोर्चा र संघीय गठबन्धनसँग पनि सहकार्य गरिनेछ,’ उनले भने ।
आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिका प्रवक्ता तथा आदिवासी अगुवा डा ओम गुरुङले मधेसी मोर्चा, संघीय गठबन्धन, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन र महासंघ सबै एक भएर आन्दोलन गर्नुपर्ने बताए ।
उनले महासंघ र आपूmहरु एजेन्डा एउटै भएको भन्दै संयुक्त आन्दोलन गर्नुको विकल्प नभएको बताए । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167