मतपत्र छाप्ने जिम्मा " जनक शिक्षा " - newsallabc.com

Breaking

Friday, February 24, 2017

मतपत्र छाप्ने जिम्मा " जनक शिक्षा "

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय चुनावका लागि मतपत्र छाप्ने जिम्मा जनक शिक्षा सामाग्री केन्द्रलाई दिएको छ ।
आयोगका पदाधिकारीहरुले शुक्रबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको स्थलगत भ्रमण गरी मतपत्र छाप्ने जिम्मा दिएको हो । जनक शिक्षा केन्द्रले पनि वैशाख ३१ गतेभन्दा केही दिन अघि नै मतपत्र छापेर आयोगलाई उपलब्ध गराइसक्ने प्रतिवद्धता जनाएको सचिव गोपी मैनालीले अनलाइनखबरलाई जानकारी दिए ।
जनक शिक्षा मतपत्र छाप्न सकारात्मक देखिएपछि आयोगको टोली मेशिनको अवलोकन र लिखित प्रतिवद्धता लिन शुक्रबार भक्तपुरस्थित कार्यालयमा गएको थियो । आयोगका सचिव मैनालीले भने, ‘मतपत्र छाप्ने मेशिन काम गर्ने अवस्थामा रहेको पाइएकाले जनक शिक्षालाई मतपत्र छाप्न दिने निर्णय भयो ।’
मतपत्र छाप्न आवश्यक पर्ने करिब सबै कागज समेत जनक शिक्षामा रहेको पाइएको आयोगले जनाएको छ ।
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले २०३६ सालमा भएको जनमत संग्रहदेखि निर्वाचनको मतपत्र छपाइ गर्दै आएको छ । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167