तरलता अभावमा कहाँ छ राष्ट्र बैंक ? - आर्थिक समाचार - - newsallabc.com

Breaking

Monday, February 13, 2017

तरलता अभावमा कहाँ छ राष्ट्र बैंक ? - आर्थिक समाचार -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

२ फागुन, काठमाडौं । आजका दैनिक पत्रपत्रिकाहरुमा तरलता अभावको समस्या समाधान गर्न राष्ट्र बैंकको भूमिका कमजोर भएकोदेखि विमानस्थलभित्र तस्करीको छुट्टै बाटो पत्ता लागेको सम्मका आर्थिक समाचार प्रकाशित छ ।

नयाँ पत्रिका दैनिकले मा तरलता अभावको समस्या समाधान गर्न राष्ट्र बैंकको भूमिका कमजोर भएको समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै नयाँ पत्रिकाकै आर्थिक पृष्ठमा नेप्से एक वर्षकै न्यून बिन्दूमा पुगेको समाचार प्रकाशित छ ।
कारोबार दैनिकमा विमानस्थलभित्रै तस्करीको छुट्टै बाटो पत्ता लागेको समाचारले प्राथमिकता पाएको छ । त्यस्तै पुँजीगत खर्च हुन नसकेको सन्दर्भमा फागुनमा मात्रै ४ अर्ब खर्चनु पर्ने स्थिति रहेको समाचार र अब सुरुङमार्गका लागि छुट्टै विभाग स्थापना हुने समाचारले महत्व पाएको छ ।

नागरिक दैनिकको आर्थिक पृष्ठमा ‘सेयरमा अर्को पहिरो’ शीर्षकमा मुख्य समाचार छापिएको छ । त्यस्तै नेपाली ग्यास बुलेट भारतले रोकेको समाचारले पनि महत्व पाएको छ ।

एक वर्षभित्र खानी उद्योग राष्ट्रिय प्राथमिकतामा’ शीर्षकको समाचारलाई महत्व दिएको अभियान दैनिकले कर्जा लगानीमा सीइओलाई अधिकार समपन्न बनाउने तयारी भएकोलाई पनि उल्लेख गरेको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167