अष्ट्रेलिया ३३३ रनले विजयी, भयो लज्जास्पद हार भारतको : दुई इनिङमा २१२ ! - newsallabc.com

Breaking

Saturday, February 25, 2017

अष्ट्रेलिया ३३३ रनले विजयी, भयो लज्जास्पद हार भारतको : दुई इनिङमा २१२ !

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारत ३ सय ३३ रनले पराजित भएको छ । पहिलो इनिङमा १ सय ५ रनमा अल आउट भएको भारतले दोस्रो इनिङमा पनि १ सय ७ रन मात्र बनाउन सक्यो ।




















दोस्रो दिनमा भारतलाई अल आउट गरेर आफ्नो दोस्रो इनिङ सुरु गरेको अष्ट्रेलियाले तेस्रो दिनको मध्यसम्ममा सबै विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो । ४ सय ४१ रनको लक्ष्य पाएर दोस्रो इनिङ सुरु गरेको भारत तेस्रो दिनमै १ सय ७ रनमा अल आउट भएपछि अष्ट्रेलियाले भारतकै मैदानमा सानदार जित निकालेको हो । 

















भारतलाई १ सय ७ रनमै अल आउट गर्न अष्ट्रेलियाका स्टिभ ओकेफेले ६ विकेट लिए । यस्तै नाथन लायनले ४ विकेट लिए । भारतका चेतेश्वर पुजाराले ३१, अजेङ्का रहानेले १८, लोकेश राहुलले १०, विराट कोहलीले १३ रन बनाए । दोस्रो इनिङमा अष्ट्रेलियाका स्टेभेन स्मिथले सतक बनाएका थिए । 
पहिलो दिन टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ९ विकेट गुमाएर २ सय ५६ रन बनाएको थियो । दोस्रो दिनमा ४ रन जोडेर अष्ट्रेलिया अल आउट भएपछि भारतले आफ्नो पहिलो पाली थालेको थियो । पहिलो इनिङमा ४० ओभर १ बलमै भारतले सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाएपछि अष्ट्रेलिया १ सय ५५ रनले अघि थियो ।   






















पहिलो इनिङमा पनि भारतका लोकेश राहुलले ६४ रन बनाउनुबाहेक अरु खेलाडीले योगदान दिन सकेनन् । पहिलो इनिङमा भारतलाई कम रनमै समेट्न अष्ट्रेलियाका स्टिभ ओकेफेले नै ६ विकेट लिएका थिए । यस्तै भिचेल स्टार्कले दुई साथै जोश ह्याजलउड र नाथन लायनले एक एक विकेट लिएका थिए । भारतले अष्ट्रेलियामा चार टेष्टको श्रृंखला खेल्दै छ ।  

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167