सिँचाइमन्त्री दीपक गिरी :- चुनाव तोकिएकै मितिमा हुन्छ । - newsallabc.com

Breaking

Tuesday, February 28, 2017

सिँचाइमन्त्री दीपक गिरी :- चुनाव तोकिएकै मितिमा हुन्छ ।

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

सिँचाइमन्त्री दीपक गिरीले सरकारको पहिलो काम संविधान कार्यान्वयन भएको बताउनुभएको छ । नेपाली काँग्रेस धनौरी गाउँ एकाइ समिति, दाङले सोमबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि सरकारले पहिलो खुट्किलो स्थानीय चुनाव घोषणा गरेको पनि बताउनुभयो ।

उहाँले सरकारले तीनै तहको चुनाव तोकिएकै मितिमा गर्ने बताउँदै त्यसको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । “सरकार निर्वाचन गर्न कटिबद्ध भएर लागेको छ, स्थानीय स्तरमा पनि चुनावी माहोल बनाउनुहोस्” मन्त्री गिरीले भन्नुभयो ।

उहाँले विगत दुई दशकदेखि स्थानीय चुनाव नहुँदा विकास निर्माणले गति लिन नसकेको भन्दै अब संविधान कार्यान्वयनसँगै देशमा विकासले गति लिने बताउनुभयो । “अब संविधान कार्यान्वयनसँगै देशलाई सम्वृद्धितर्फ लैजानुपर्छ राजनीतिक उपलब्धिसँगै देशमा अब आर्थिक सम्वृद्धि पनि छाउनेछ,” उहाँले भन्नुभयो ।

त्यस्तै, सिँचाइ मन्त्री गिरीले देशका विभिन्न स्थानमा सिँचाइ सुविधा पु¥याउन सरकारले विभिन्न योजना अगाडि सारेको बताउनुभयो । उहाँले बाँझो जमिनमा सिँचाइ सुविधा पु¥याउन आफू लागेको समेत बताउनुभयो ।

१७ फाल्गुन 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167