Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अमिताभ बच्चनले फिल्म अभिनय थालेको बुधबार (१५ फेब्रुअरी) ४८ वर्ष पूरा भएको छ । ७४ वर्षीय बच्चनले आफूले बलिउडमा ४८ वर्ष बिताएको उपलक्ष्यमा आफ्नो माइक्रो ब्लगमा ‘सात हिन्दुस्तानी’को सुटिङ सेटमा खिचिएका केही तस्बिर पोस्ट गरेका छन् । सात हिन्दुस्तानी बच्चनको पहिलो फिल्म हो ।
उनले ब्लगमा १५ फ्रेबुअरीको तिथि एकदमै महत्वपूर्ण घटनासँग जोडिएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘सन् १९६९ को यही तारिखमा म मेरो पहिलो फिल्म सात हिन्दुस्तानीमा अनुबन्धित भएको थिएँ ।
त्यही दिनदेखि नै म आधिकारिक रूपमा बलिउडको नयाँ सदस्य भएको थिएँ ।’ उनले सात हिन्दूस्तानीको प्रिमियरका केही तस्बिर पनि पोस्ट गरेका छन् । बच्चनले आफूले हरेक वर्षको फेब्रुअरी १५लाई निकै महत्वका साथ लिने गरेको समेत बताएका छन् ।
No comments:
Post a Comment