भयो अब ! अमेरिकामा ‘देश छाड’ भन्दै हत्या - newsallabc.com

Breaking

Saturday, February 25, 2017

भयो अब ! अमेरिकामा ‘देश छाड’ भन्दै हत्या

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




अमेरिकाको कान्सास राज्यस्थित एक रेस्टुरेन्टमा अमेरिकी पूर्वसैनिकले ‘मेरो देश छाड’ भन्दै एक भारतीय इन्जिनियरको गोली हानी हत्या गरेका छन् । कान्सासस्थित अस्टिन बार एन्ड ग्रिल नामक रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले गोली हानी भारतको हैदरावादका ३२ वर्षीय इन्जिनियर श्रीनिवास कुचिभोट्लाको हत्या गरेका छन् । घटनामा उनका साथी आलोक मदासिनी र गोली प्रहारको प्रतिकार गर्ने अमेरिकी नागरिक इयान ग्रिलोट घाइते भएका छन् । 
कान्सास सिटी स्टार पत्रिकाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाए अनुसार प्युरिन्टनले आक्रोशित हुँदै मेरो देश छाड भन्न थालेपछि रेस्टुरेन्टका कर्मचारीले उनलाई बाहिरिन भनेका थिए । त्यसपछि उनी बाहिरिए । तर लगत्तै भित्र पसेर गोली प्रहार गरेका थिए । भारतीयहरूलाई बचाउने क्रममा अमेरिकी नागरिक इयान ग्रिलोट पनि घाइते भएका थिए । 
घटनापछि भागेका प्युरिन्टन ९० माइल टाढाको मिसौरीको क्लिन्टनस्थित रेस्टुरेन्ट पुगेर रक्सी पिउँदै आफूले मध्यपूर्व मूलका दुई मानिसको हत्या गरेको र लुक्ने ठाउँ चाहिएको बताएका थिए । उक्त रेस्टुरेन्टका कर्मचारीको सहयोगले घटनाको ६ घण्टापछि उनी पक्राउ परेका थिए । आक्रमणकारी प्युरिन्टन अमेरिकी जलसेनाका पूर्वकर्मचारी हुन् । 
संघीय गुप्तचर ब्युरोका एरिक  ज्याक्सनले उक्त घटना नागरिक अधिकारको उल्लंघन या जातीय आक्रमण भए/नभएकोबारे अनुसन्धान भइरहेको बताएका छन् । स्थानीय सञ्चारमाध्यमहरूले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै यो आक्रमण जातीय आक्रमण भएको जनाएका छन् । दुई भारतीयलाई मध्यपूर्व मूलका मानिस सम्झेर आक्रमण गरेको अनुमान गरिए पनि यसबारे प्रहरीले केही भनेको छैन । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले उक्त हत्या जातीय आक्रमण भएको बारे प्रतिक्रिया दिन अस्वीकार गरे । 
घटनाको भारतले भत्र्सना गरेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ट्वीटमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाएकी छन् । भारतले श्रीनिवासको शवको व्यवस्थापनका लागि दूतावासका दुई अधिकारी कान्सास पठाएको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167