" पलपलमा जप्छु तिम्रै नाउँ " - सम्झना लामीछाने मगरको मनछुने लोकगित - (भिडियो सार्वजनिक) - newsallabc.com

Breaking

Monday, February 13, 2017

" पलपलमा जप्छु तिम्रै नाउँ " - सम्झना लामीछाने मगरको मनछुने लोकगित - (भिडियो सार्वजनिक)

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


नेपाली लोकदोहोरी सांगीतिक क्षेत्रमा कलाकार हरुले अनेक थरिका गित धमाधम सार्वजनिक गर्ने क्रम अगाडी बढिरहेको छ । कसैले दोहोरी मात्रै बजारमा ल्याउने गर्छन् कसैले लोक गित मात्रै भने कसैले लोक तथा दोहोरी गित दुवै थरिका गितको तरङ्गले आनन्दित गराएका हुन्छन् । त्यस्तै सम्झना लामिछाने मगर पनि मिठो सांगीतिक तरङ्ग छर्ने लोकदोहोरी गायिकामा नाम जोडिन जान्छ ।
पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा आएर उत्कृष्ट गायिकाको रुपमा आँफुलाई स्थापित गराउदै र छोटो समयमा धेरै चर्चा कमाउन सफल गायिका लामिछानेले दर्जनौ एल्बम हरु पस्कि सकेकी छन् । उनले कहिले रमाइलो दोहोरि गिती एल्बम ल्याऊछिन् कहिले राष्ट्रिय स्तरका गित ल्याउने गर्छिन् । बिभिन्न खालका गित गाउदै आफ्ना दर्शक श्रोतालाई भरपूर्ण मनोरञ्जन दिलाउने गायिका सम्झना लामिछाने मगरले यस पटक पनि छुट्टै खालको मनछुने लोक गित पस्किएकी छन् ।
गायिका लामिछानेको आफ्नै म्युजिक कम्पनि सम्झना डिजीटल प्रा.लि बाट बजार बेवस्थापन भएको पलपलमा जप्छु तिम्रै नाउँ बोलको लोक गितमा आफ्नै समधुर आवाजले सजाएकी छन् । सोही गितको संगीत किरण बाबु पुनले भरेका छन् भने प्रवेश छन्त्याल (तारा) को शब्द रचना रहेको छ । माया पिरतीमा मिलन र बिछोड हुने धेरै प्रेमी प्रेमिका बिच हुनेनै गर्दछ त्यसै बिषयलाई उत्थान गर्दै लामिछाने द्वारा स्वरबद्ध भएको हरेक दु:ख पिडालाई भुलाउने खालको उक्त गितको भिडियो तर्फ ऐलेका जल्दाबल्दा चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् ।
सोही भिडियोको छायांकन हरिश महराले गरेका छन् भने सम्पादन बिष्णु शर्माले गरेका छन् । उक्त भिडियोमा अर्विन छन्त्याल र पवित्रा थापाले अभिनय गरेका छन् ।

पलपलमा जप्छु तिम्रै नाउँ गित भिडियो तल हेर्नुहोला । 


No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167